×

NEPAL TIMES UPDATES

Playing
दिपक खड्कालाई रिहा गर्न सर्वोच्चको आदेश, विदेश जान अनुमति चाहिने || Nepal Times
Apr 16, 2026
Playing
उर्जाका सबै समस्या समाधान गर्न विराजभक्तले कम्मर कसे,रोजगारी र लगानी सुनिश्चित || Nepal Times
Apr 16, 2026
Playing
के पूरक बयानका लागि ओली र लेखकलाई फेरि बोलाइन्छ ? || Nepal Times
Apr 16, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-03-2083 || Nepal Times
Apr 16, 2026
Playing
सम्पत्ति छानबिन आयोगको रडारमा जिवितदेखि दिवंगतसम्म,पूर्वराजाको के हुन्छ ? || Nepal Times
Apr 16, 2026
Playing
“जो जान्दछन् तिनीहरू बोल्दैनन्, जो बोल्दछन् तिनीहरू जान्दैनन्“ || Nepal Times
Apr 16, 2026
Playing
हिजोका विद्रोही गगन, आजका ’कठोर’ सभापति || Nepal Times
Apr 16, 2026
Playing
World News: वार्तामा Pakistanको ‘ब्रेक थ्रु’, ४४० किलो युरेनियम बाधक, Ukraineमा भीष*ण आ*क्रम*ण
Apr 16, 2026
Playing
सुधन गुरुङ : सिस्टम बदल्न हिँडेका यात्री ?रास्वपामा किन उठ्यो प्रश्न ? || Nepal Times
Apr 16, 2026
Playing
चीनले कसरी इरानलाई बलियो बनायो ? ट्रम्पले दिए चेतावनी || Nepal Times
Apr 16, 2026

उत्तर कोरियाले जापानतर्फ हान्यो ब्यालेस्टिक मिसाइल

१८ आश्विन २०७९

१८ असोज, एजेन्सी ।

उत्तर कोरियाले मंगलबार बिहान जापानको भूमिमाथिबाट ब्यालेस्टिक मिसाइल परीक्षण गरेको छ । जापानको उत्तरी क्षेत्रभन्दा माथिबाट उत्तर कोरियाले आफ्नो मिसाइल प्रहार गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

Advertisement
Advertisement

यससँगै जापानको होक्काइडोका मानिसहरुलाई सरकारले चेतावनी जारी गर्दै उडानमा रोक लगाएको छ भने अस्थायीरुपमा रेल सेवा पनि बन्द गरिएको थियो । होक्काइडो द्वीपका बासिन्दालाई घरबाहिर ननिस्कन निर्देशन दिएको छ ।

’उत्तर कोरियाले क्षेप्यास्त्र प्रहार देखिएको छ । घरभित्र वा अन्डरग्राउन्डबाट बाहिर ननिस्किनुहोला,’ जापान सरकारले मंगलबार बिहान जारी गरेको अलर्टमा भनिएको छ । यस्तो अलर्ट दुर्लभ रुपमा जारी गर्ने गरिएको छ । सन् २०१७ यता पहिलोपटक उत्तर कोरियाले जापानको आकाशबाट मिसाइल परीक्षण गरेको हो ।

राष्ट्रसंघले उत्तर कोरियालाई ब्यालेस्टिक मिसाइल र न्युक्लियर हतियार परीक्षणमा प्रतिबन्ध लगाएको छ । तर, उत्तर कोरियाले त्यसको निरन्तर अवज्ञा गर्दै आएको छ । जापानले दिएको जानकारीअनुसार उक्त मिसाइल जापानभन्दा तीन हजार किलोमिटर टाढा प्यासिफिक महासागरमा खसेको थियो ।

यो घटनाको कारण कुनै क्षति भने भएको छैन । दक्षिण कोरियाको सेनाले पनि उत्तर कोरियाले मंगलबार स्थानीय समयअनुसार साढे सात बजे उक्त मिसाइल परीक्षण गरेको र जापानको माथिबाट गएको उल्लेख गरेको छ । जापानी प्रधानमन्त्री फुमिओ किशिदाले उत्तर कोरियाली कार्यको कडा शब्द भर्त्सना गरेका छन् ।

उनले त्यस कार्यलाई ’हिंस्रक’ कार्यको संज्ञा दिएका छन् । सो घटनापछि जापानले राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाएको छ । उत्तर कोरियाले जापान र अमेरिकाको ध्यानाकर्षण गर्नका लागि क्षेप्यास्त्र प्रहार गरेको बताइएको छ ।

Advertisement

दुवै देशले उत्तर कोरियाका नेता किम जोङ उनलाई कुनै महत्त्व नदिएपछि जापानी आकाशमा क्षेप्यास्त्र प्रहार गरेको हुन सक्ने जापानी अधिकारीहरूले बताएका छन् । केही दिन अघि मात्रै उत्तर कोरियाले अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस जापानपछि दक्षिण कोरिया पुगेपछि लगातार दुई वटा ब्यालेस्टिक मिसाइल प्रहार गरेको थियो ।

भर्खरको समाचार

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

सम्बन्धित खबरहरु

Scroll to Top