×

NEPAL TIMES UPDATES

Playing
ओली राजीनामा नदिने अडानमा, बादल एक्लैले गरे प्रतिकार|| Nepal Times
May 22, 2026
Playing
भारतलाई भारी पर्नेछ मजाकको कक्रोज,नेपालको विद्रोहसँग कसरी जोडिन्छ ?|| Nepal Times
May 22, 2026
Playing
रास्वपाका माननीयहरुले रविलाई मन फुकाएर सुनाए|| Nepal Times
May 22, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-08-2083 || Nepal Times
May 22, 2026
Playing
भारतीय ‘कक्रोज‘ले किन भने नेपाल र बंगलादेशसँग तुलना नगर्नु ?|| Nepal Times
May 22, 2026
Playing
पिता बिना ट्रम्प जुनियरको विवाह,ट्रम्पको परिवारमा को–को छन् ?|| Nepal Times
May 22, 2026
Playing
सांसद्हरुले प्रधानमन्त्री र मन्त्रीको पोल सुनाएपछि रविले के भने ?|| Nepal Times
May 22, 2026
Playing
अमेरिकाविरुद्ध नेपालको शानदार जित,इशान र सन्दीपको जादु || Nepal Times
May 22, 2026
Playing
रवि, छवि र जिवीविरुद्ध अब सहकारी ठगी मुद्दा मात्रै चल्ने|| Nepal Times
May 22, 2026
Playing
नेपालमा पाकिस्तानको जस्तो “हाइब्रिड शासन मोडेल” सम्भव होला ?|| Nepal Times
May 22, 2026

चोटका कारण बुमराहले टी२० विश्वकप नखेल्ने

१८ आश्विन २०७९

१८ असोज, एजेन्सी ।
भारतका तीब्र गतिका बलर जस्प्रित बुमराहले २०२२ को आईसीसी टी–२० विश्वकप क्रिकेट गुमाउने भएका छन् । अष्ट्रेलियामा आयोजना हुने विश्वकप बुमराहले ढाडको चोटका कारण गुमाउने पक्का भएको हो ।

दक्षिण अफ्रिकाबिरुद्ध टिम बाहिर रहेका बुमराहलाई भारतीय क्रिकेट बोर्डले पनि गुमाउन नचाहे पनि चोट बाधक बनेको हो । विश्वकप १६ अक्टोबरबाट १३ नोभेम्बरसम्म आयोजना हुँदैछ । उनले ढाडको समस्याको कारण हालै भएको दक्षिण अफ्रिकाविरुद्धको टी२० सिरिज पनि गुमाएका थिए ।

Advertisement
Advertisement

भारतीय क्रिकेट बोर्डले उनको उपचारमा संलग्न विशेषज्ञहरुको सल्लाहअनुसार उनलाई आराम दिइएको बताएको छ । यसअघि नै घुँडाको समस्याको कारण रवीन्द्र जडेजाले यो विश्वकप गुमाउने निश्चित भइसकेको छ । भारतीय क्रिकेट बोर्डले बुमराहको स्थानमा जाने खेलाडीको घोषणा छिटै गरिने उल्लेख गरेको छ ।

Advertisement
Advertisement

भारतले टी२० विश्पकपमा आफ्नो पहिलो खेल पाकिस्तानविरुद्ध अक्टोबर २३ मा मेलवर्न क्रिकेट मैदानमा खेल्नेछ । विश्वकपको प्रारम्भिक चरणको खेल १६ अक्टोबरबाट सुरु हुनेछ भने ग्रुप चरणको खेल २२ अक्टोबरबाट सुरु हुनेछ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top