विनोद चौधरीले टिकट पाउँदा स्वर्णीम वाग्ले रित्तै

२३ असोज,काठमाण्डौ ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा अर्बपति व्यवसायी विनोद चौधरी नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) १ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्ने भएका छन् । कांग्रेस संसदीय बोर्डको निर्णयअनुसार चौधरीले आजै बर्दघाट पुगी मनोनयन दर्ता गराउँदैछन् । यसअघि समानुपातिकबाट पहिले नेकपा एमाले र पछि नेपाली कांग्रेसका सांसद रहेका चौधरी यसपटक भने प्रत्यक्ष चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन् ।

सो क्षेत्रमा जनता प्रगतिशील पार्टीका हृदयेश त्रिपाठी पनि चुनाव लड्दैछन् । त्रिपाठीलाई नेकपा एमालेले समर्थन गर्ने सम्भावना छ । त्रिपाठीलाई एमालेले पनि समर्थन गरेमा चौधरीसँग उनको कडा टक्कर हुने देखिएको छ । अर्बपति चौधरीलाई कांग्रेसले टिकट दिदा अर्थशास्त्री स्वर्णीम वाग्ले भने टिकटबाट बञ्चित भएका छन् ।

यसअघि वाग्लेले आफू चितवन, गोरखा वा काठमाडौं जहाँबाट पार्टीले टिकट दिएपनि चुनाव लड्ने बताएका थिए । चितवन १ उनको पहिलो प्राथमिकता थियो । उनले यहिँबाट उमेद्वारीका लागि आवेदन दिएका थिए । तर कांग्रेसले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्व पौडेललाई चितवन १ बाट प्रतिनिधिसभाको सदस्य उम्मेदवारको टिकट दिएको छ ।

चितवनबाट टिकट नपाउने भएपछि शनिबार साँझ नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जित्दै आएको काठमाडौं–४ बाट यसपटकको निर्वाचनमा डा. वाग्ले चुनाव लड्ने भन्ने हल्ला चलेको थियो । थापा सर्लाही ४ बाट चुनाव लड्ने भनिएको थियो । तर गगन काठमाडौं ४ बाटै नै मनोनयन दर्ता गराउँदै छन् । यससंगै वाग्लेको उमेद्वारी अन्यौलमा परेको छ ।

चितवन १ बाट एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे उम्मेदवार छन् । यही क्षेत्रबाट त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति तीर्थराज खनियाँ, नेता राजेन्द्रप्रसाद बुर्लाकोटी र भीमप्रसाद थपलियाले पनि प्रत्यक्षतर्फ उम्मेदवार बन्न आवेदन दिएका थिए । पौडेल र डा. वाग्लेबीच टिकटका लागि प्रतिस्पर्धा थियो ।

योजना आयोगका पूर्व उपाध्यक्ष वाग्ले शेरबहादुर देउवा समूह छाडेर शेखर कोइराला समूहमा गएपछि टिकटबाट बञ्चित भएका हुन् । अर्का उद्यमी तथा राज्यमन्त्री उमेश श्रेष्ठले चितवन–२ बाट टिकट पाएका छन् । यसबीच नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले गोरखामा प्रचण्डसंगै स्वर्णीम वाग्लेलाई चुनावी मैदानमा जुगलबन्दी होस् भन्ने आफूले चाहेको सामाजिक संजालमा लेखेका छन् ।

यअसघि अर्थशास्त्री डा. वाग्लेलाई नेपाली कांग्रेस गोरखाका स्थानीय नेता÷कार्यकर्ताहरूले पनि आगामी प्रतिनिधिसभाको निर्वाचनमा गोरखा क्षेत्र नम्बर १ बाट लड्न आग्रह गर्दै आएका थिए । उनीहरूले गोरखामा बाबुराम भट्टराईपछि राज्यको नेतृत्वमा पुग्न सक्ने नेता नै नभएको भन्दै वाग्लेलाई भावी अर्थमन्त्री बनेर बुढीगण्डकी आयोजना अगाडि बढाउन सुझावसमेत दिएका थिए ।

निर्वाचन लड्नकै लागि वाग्लेले यूएनडीपी एसिया प्यासिफिकको प्रमुख आर्थिक सल्लाहकारबाट राजीनामा दिएका थिए । वाग्लेले बूढानीलकण्ठ स्कुलहुँदै लण्डन स्कुल अफ इकोनोमिक्स, हार्वर्ड विश्वविद्यालयमा अध्ययन गरेका छन् । उनीसंग राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विभिन्न संस्था तथा फोरमहरुमा काम गरेको अनुभव छ ।

त्यस्तै, २०७०, २०७४ को निर्वाचन र २०७९ को स्थानीय तहको निर्वाचनका क्रममा पार्टीको घोषणापत्र तयार गर्न पनि वाग्ले सक्रिय थिए । पार्टीमा विकास र आर्थिक परिदृश्यको उजागर तथा पार्टीले अघि सार्नुपर्ने मुद्दाका विषयमा पनि उनले परामर्श दिँदै आएका छन् ।

भर्खरको समाचार

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

सम्बन्धित समाचार

Scroll to Top