कञ्चनपुरको आन्दोलनमा प्रशासनले संयमता गुमायो

काठमाडौंः बिहीबार प्रहरीको गोली लागेर चार युवा घाइते भएपछि कञ्चनपुरका स्थानीयवासी थप आक्रोशित बनेका थिए । यसकारण पनि उनीहरू शुक्रबार आन्दोलन चर्काउने योजनामा थिए । तर, शुक्रबार बिहान पानी परेकाले दिउँसोबाट मात्रै आन्दोलन सुरु भयो । शुक्रबार पनि प्रहरी संयमित बन्न सकेन, गोली नै चलायो ।

बिहीबार कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई तानेर सरकारले नयाँ अधिकारीलाई खटाएको थियो । तर, नयाँ जिम्मेवारीसहित आएका सिडिओ तारानाथ अधिकारी र प्रहरी प्रमुख एसएसपी कुवेर कठायतले परिस्थितिलाई सहज बनाउने पहल गर्न सकेनन् ।

कठायतले बालिका बलात्कार र हत्या प्रकरणको नयाँ शिराबाट अनुसन्धान हुने बताए पनि शुक्रबार दिउँसोको घटनाले परिस्थिति थप जटिल बनाइदिएको छ । नयाँ पत्रिकाले खबर छापेको छ ।

Advertisement

कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया निर्मला पन्तको १० साउनमा बलात्कारपछि हत्या भएको थियो ।स्थानीयले निरन्तर आन्दोलन गर्दै आएका छन् । गत सोमबार प्रहरीले दिलीपसिंह विष्टलाई मुख्य अभियुक्तका रूपमा सार्वजनिक गरे पनि निर्मलाका परिवार र स्थानीयले विश्वास गरेका छैनन् ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top