×

NEPAL TIMES UPDATES

Playing
श*वमा पनि सकिदैन इबोला भाइरस ‘टाढाको संकट’ भनेर भूल नगरौँ || Nepal Times
May 19, 2026
Playing
नवनियुक्त प्रधानन्यायाधीश शर्माले लिए शपथ || Nepal Times
May 19, 2026
Playing
संसद्मा अमरेश र विपक्षीको एक स्वर, प्रधानमन्त्रीमाथि धावा बोले|| Nepal Times
May 19, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-05-2083 || Nepal Times
May 19, 2026
Playing
स्विजरल्याण्ड र चीनबाट अर्बाै अनुदान स्वीकृत, कहाँ खर्च हुन्छ ?|| Nepal Times
May 19, 2026
Playing
प्रधानमन्त्री बालेनको एउटा पोष्टले जगाएको आशा || Nepal Times
May 19, 2026
Playing
देउवा दम्पतीलाई पक्राउ नगर्न माग गरिएको रिटमा कारण देखाऊ आदेश|| Nepal Times
May 19, 2026
Playing
‘Iran सरेन्डर गर्दैन’: Trumpको ध*म्कीले गलेनन् इरानी राष्‍ट्रपति पेजेश्कियन || Nepal Times
May 19, 2026
Playing
इमरान खानको सरकार ढाल्न ‘अमेरिकी दबाब’, पोल खुल्यो || Nepal Times
May 19, 2026
Playing
परमसेनाधिपतिको ’मेमोरी’ एमालेको झोलामाः लोकतान्त्रिक व्यवस्थालाई हानी || Nepal Times
May 19, 2026

फेवातालमा सरसफाई अभियान सुरु

२५ आश्विन २०७९

२५ असार, पोखरा ।
कास्कीको पोखरास्थित फेवातालमा जलकुम्भी झार फैलिएपछि सरसफाई अभियानसञ्चालन गरिएको छ । पोखरा महानगरपालिकाको पहलमा विभिन्न संघ संस्थाले फेवाताल सरसफाई अभियान सञ्चालन गरेका हुन् । अभियानअन्तर्गत ड्यामसाइडदेखि चंखपुरसम्म सरसफाई गरिएको छ ।

३३ वटा वडाले ३३ वटै स्थानमा सरसफाईको नेतृत्व लिएका छन् । वडा–वडाबाट सक्रिय आमा समूह, युवा क्लव, व्यवसायिक संघसस्था, राजनीतिक दलका नेतृत्व,टोल संस्था, लायन्स क्लव लगायतका सामाजिक संघ संस्था सरसफाईमा सहभागी भएका थिए भने नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले सरसफाईमा सहभागी जनाएका थिए ।

Advertisement
Advertisement

तालको मुहानतर्फ रहेको जलकुम्भी झार असोज महिना लागेसँगै हावा चल्ने र तालभरी फैलने गर्छ । लगातारको वर्षासँगै तालको सबैजसो भागमा जलकुम्भी फैलिएको छ । जसको कारण ताल कुरुप बन्ने गरेको छ । सोही जलकुम्भी हटाउन महानगरले सरसफाई अभियान चलाएको महानगरका प्रमुख धनराज आचार्यले बताए ।

उनले जनसहभागीतामा काम गर्दा तालको संरक्षणमा थप मद्धत पुग्ने भएकाले सबै वडाबाट स्थानीयलाई सरसफाईमा सहभागी गराइएको बताएका छन् । तालमा झार धेरै भएकाले सबै झार निकाल्न एक हप्ता समय लाग्ने बताइएको छ । सरसफाई अभियानमा सयौँको संख्यामा जनसहभागिता रहेको थियो ।

Advertisement
Advertisement

डुङ्गाको मद्दतमा तालमा रहेको जलकुम्भीलाई किनारमा निकालिएको थियो भने त्यसपछि लामवद्ध सहभागीले जलकुम्भी बाहिर निकालेका थिए । तालको बीच भागमा अवस्थित तालबाराही मन्दिर दर्शन गर्न जाने स्वदेशी तथा विदेशी पर्यटकलाई जलकुम्भीले अवरोध गर्ने गरेको थियो । सरसफाई अभियान बिहान ७ बजे शुरु भइ १० बजेसम्म चलेको थियो । संकलित फोहोरलाई महानगरको फोहोर संकलन गर्ने गाडीमार्फत व्यवस्थापन गरिनेछ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top