बालेनको नगरमा मालाको गेटपनि निषेध / ‘झिलिमिली बत्ती’ मा ब्रम्हलुट !

५ कात्तिक ७९, आइतबार

६ कात्तिक, काठमाण्डौ ।
फूल र बत्तीको झिलिमिलीले नेपालीहरुको दोस्रो ठूलो चाड तिहारको रौनक बबढाउने गर्दछ । यसैले त तिहारलाई फूल र बत्तीको पर्व अर्थात उज्यालो चाड भन्ने गरिन्छ । यही फूलको पर्वमा काठमाडौं महानगरपालिकामा भने फूलका गेट लगाउन समेत महानगरले रोक लगाएको छ ।

काठमाडौं महानगरपालिकाको न्यूरोडमा तिहारका लागि सजाइएका फूलमालाहरु हटाएको छ । शनिबार न्यूरोडका सुन पसलहरुको गेटमा सजाएको फूलका मालाहरु आज बिहान महानगरले हटाएको हो । तिहारको समयमा समेत महानगरले पसलमा सजाइएको फूलमाला हटाएपछि न्यूरोडका व्यापारीहरु आक्रोसित भएका छन् ।

न्यूरोड असनका सुन पसलहरुले तिहारको अघिल्लो दिन विशेष तरिकाले आफना पसलहरु सजाएका थिए । महानगरले भने फुटपाथ ढाक्नेगरि फुलमाला सजाएको भन्दै हटाएको दावी गरेको छ । काठमाडौं महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले बाटो नै ढाक्नेगरी राखिएको फुलका मालाहरु निकालिएको बताए का छन् ।

Advertisement

उनले भनेका छन् ,‘जसले फुटपाथ ढाकेर बाटो हिड्ने ठाउँमा राखेको छ नि । त्यस्तो ठाउँमा त्यो गर्न पाएन । जसरी भएपनि उसले विजनेश मोटिभमा गरेको हो नि त यहाँ सानो व्यापारीहरु भीडभाड हुन्छ भनेर बाहिर पसल नराख्ने अनि उनीहरु चाहिँ राख्न कहाँ पाइयो त ।’

उनले तिहारमा फुटपाथमा व्यापार गर्न नदिइने पनि बताएका छन् । यता तिहारमा सबैभन्दा बढी खपत हुने बस्तु ‘झिलिमिली बत्ती’ को यसपटक बजारमा अभाव र महँगो भएको भेटिएको छ । उज्यालो चाड भएकाले सहर बजार र गाउँमा समेत अहिले झिलिमिली बत्तीको खपत बढ्दो छ ।

लोडसेडिङ हुन छोडेपछि विद्युत लाइन पुगेका बस्तीहरुमा पनि अहिले यस्तै खालका झिलिमिली बत्ती नै बालिन्छ । मैन बत्ती वा हातले बनाइएका बत्तीलाई तेलले भिजाएर बालिने प्रचलन क्रमशः हट्दै गएको छ । तर झिलिमिली बत्तीको मूल्य गत वर्षको तुलानामा यसपाली १० प्रतिशतले बढेको छ ।

नेपाल विद्युतीय व्यवसायी महासंघले झिलिमिली बत्तीको मूल्य ८ देखि १० प्रतिशतले बढेको जनाएको छ । अमेरिकी डलरको मूल्य बढ्दा आयात गर्दा शुल्क पनि बढी तिर्नुपरेकाले मूल्य बढेको महासंघको दाबी छ । यससँगै, यस्ता बस्तुको आयातमा प्रतितपत्र (एलसी) खोल्दा अनिवार्य शतप्रतिशत नगद मार्जिन राख्नुपर्ने भएकाले पनि झिलिमिली बत्तीको सहज आपूर्ति नहुँदा मूल्य बढेको महासंघका पदाधिकारीहरुले बताएका छन् ।

झिलिमिली बत्तीको उपलब्धता विगतका वर्षहरुको जस्तो सहज भने नरहेको महासंघ बताउँछ । विगतको माग बढेको तर, उपलब्धता भने कम रहेकाले सहजै पाउने अवस्था नरहेको व्यवसायीहरुले बताएका छन् । गत वर्ष ४० करोड मूल्य बराबरका झिलिमिली बत्ती आयात भएकोमा यसवर्ष घटेर ३० करोड बराबरको मात्रै आयात हुने अनुमान महासंघले गरेको छ ।

नेपालमा झिलीमिली बत्तीको उत्पादन नहुने भएकाले झालर, माला बत्ती, बल्ब लगायतका सबै प्रकारका बत्तीहरु चीनबाट बढी मात्रामा आयात हुन्छ । नेपालमा बिजुलीजन्य बस्तु तथा बत्तीहरु आयात वर्षमा १ अर्ब बढीको हुन्छ । तिहारमा नेट झालर, इलेक्ट्रिक दियो, एलईडी लाइट, एलईडी फ्रेम लाइट, एलईडी डिस्को लाइट लगायतका बत्तीहरु बिक्रि हुने गर्दछन् ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top