देउवाको क्षेत्र डडेलधुरामा कांग्रेसकोे चुनाव बहिष्कार

६ कात्तिक , काठमाण्डौ ।
प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला तथा निर्वाचन क्षेत्र डडेलधुरामा कांग्रेसको वडा समितिले चुनाव बहिष्कारको निर्णय गरेको छ । आसन्न प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचनको मिति नजिकिरहेका बेला पार्टी सभापति नै उम्मेदवार बनेको अवस्थामा काग्रेसकै वडा समितिले चुनाव बहिष्कार गर्ने निर्णय गरेको हो ।

भागेश्वर गाउँपालिका ५ को समितिले चुनाव बहिष्कार गर्ने निर्णय गरेको छ । बहुमतबाट निर्णय गरिएको वडा सभापति जंगबहादुर थापामगरले जनाएका छन् । “मंसिर ४ गते हुन गइरहेको प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा वडा कमिटीले समग्र वडाको विकासका लागि राखेका मागहरू विश्वासिलो रूपमा पूरा हुने आधार नदेखिएको अवस्थामा चुनाव बहिष्कार गर्ने र कुनै पनि उमेदवारलाई भोट नदिने निर्णय बहुमतबाट पारित गरिएको जानकारी गराइन्छ,” विज्ञप्तिमा भनिएको छ, “साथै यदि माग सम्बोधनका लागि वार्ता गर्ने अवस्था आएमा जिल्लास्तरका कुनै पनि कांग्रेसका नेताहरूसँग वार्ता नगरी स्वयम् प्रधानमन्त्री शेरबहादुर देउवासँग मात्रै वार्ता गर्ने कुरा जानकारी गराइन्छ ।”

वडाको समग्र विकासका लागि राखिएका मागहरू विश्वासिलो रुपमा पूरा हुने आधार नदेखिएको भन्दै भागेश्वर गाउँपालिका–५ को वडा समितिले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन बहिष्कार गर्ने निर्णय गरेको हो । वडा सभापति थापामगरले जारी गरेको विज्ञप्तिमा कुनै पनि उम्मेदवारलाई भोट नदिने निर्णय बहुमतबाट पारित गरिएको उल्लेख गरिएको छ ।

Advertisement

यस बिषयमा जिल्लाका कुनै पनि नेतासँग वार्ता नहुने समेत बिज्ञप्तिमा उल्लेख गरिएको छ । डडेल्धुरामा प्रतिनिधि सभा तर्फ प्रधानमन्त्री स्वयं उम्मेदवार छन् भने प्रदेश सभा २ मा काङ्ग्रेसकै गोविन्द बोहरा र १ मा गठबन्धनबाट माओवादी केन्द्रका प्रदेश इन्चार्ज खगराज भट्ट उम्मेदवार छन् ।

विगतका निर्वाचनमा तीन पटकसम्म देउवाको निकटतम प्रतिस्पर्धी रहेका नेकपा माओवादी केन्द्रका नेता खगराज भट्ट यसपटक देउवाको लागि भोट माग्ने भएका छन् भने दुई दशकसम्म देउवाकै चुनावी कमाण्डर बनेका कर्णबहादुर मल्ल प्रतिस्पर्धाको मैदानमा उत्रिएका छन् । यस्तै एमाले र नेपाली कांग्रेस (बीपी) बीच यहाँ चुनावी तालमेल भएको छ । डडेल्धुरामा देउवा, कांग्रेस बीपीबाट कर्णबहादुर मल्लसहित ८ जना प्रतिपष्र्धा गर्दैछन् ।

अहिलेसम्म नहारेका देउवा यस पटक भने उनकै पूर्व चुनावी कमाण्डरबीचको प्रतिस्पर्धा विगतको भन्दा रोचक बन्न सक्ने देखिएको छ । यस क्षेत्रबाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका सागर ढकाल पनि अहिले चर्चित नै छन् । तर काँग्रेसको गढमा उनले कस्तो प्रकारको चुनौती देलान् त्यो भने चुनावको नतिजा आएपछि मात्रै थाहा हुने छ ।

भर्खरको समाचार

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

सम्बन्धित समाचार

Scroll to Top