विराटनगर,भदौ ९
थारु समुदायका युवायुवतीको प्रतिभा उजागर गर्ने उद्देश्यले विराटनगरमा मिस्टर एण्ड मिस थारुको अडिसन सम्पन्न भएको छ ।नोबेल मेडिकल कलेजको सहयोगमा थारुकला केन्द्रले आयोजना गरेको मिस्टर एण्ड मिस थारु आईकन’ विराटनगर अडिसनमा ३८ जनाको सहभागीता रहेको थियो ।
आइकनमा भदौ ५ गते सुनसरीको झुम्कामा भएको पहिलो अडिसनमा ४५ जनाको सहभागिता रहेको आयोजकले जनाएको छ । त्यस्तैगरी भदौ ६ गते उदयपुरमा २१ जना, ७ गते मोरङको नेता चौकमा ६१ जना, ८ गते झापाको विर्तामोडमा ५४ जना युवायुवतीहरुको सहभागीता रहेको थारु कला केन्द्रका अध्यक्ष देवकृष्ण विश्वासले जानकारी दिए ।
अडिसनबाट २५ जना युवती र २५ जना युवक छनौट गरी गरि २२ दिने तालिम प्रदान गर्ने आयोजक संस्थाकी सल्लाहकार सुची चौधरीले जानकारी दिइन् । अडिसनबाट उत्कृष्ट छनौट भएका एक÷एक जना मिस्टर एण्ड मिस थारु आइकन घोषणा हुनेछन् । बिजेता एकएकजना युवायुवतीले जनही ५०÷५० हजार नगद पुरस्कार पाउने आयोजकले जनाएको छ ।