एजेन्सी,भदौ ९
फ्रेन्च ओपनले सेरेना विलियम्सलाई कालो कपडा लगाउन प्रतिबन्ध गरेको छ ।फ्रेन्च ओपनका आयोजकले नयाँ नियम लागू गरेपछि सेरेनाले अर्को वर्षको फेन्च ओपनको ग्राण्डस्लमका दौरान टेनिस कोर्टमा कालो कपडा लगाउन नपाउने भएकी हुन् ।
फ्रान्स टेनिस महासंघका अध्यक्ष बर्नाड गियुडिसेलीले सेरेनाको पछिल्लो ड्रेसबारे प्रतिक्रिया दिँदै आउँदो वर्षदेखि कालो ड्रेस मान्य नहुने बताएका थिए । फ्रेन्च ओपनले पनि केही नयाँ नियम बनाएको बताउँदै अध्यक्ष बर्नाडले उक्त नियम विम्वल्डन भन्दा कडा भने नभएको बताएका छन् ।
आउँदो वर्षको प्रतियोगिताका लागि खेलाडीको ड्रेस तयार भइसकेको अवस्थामा परिवर्तन गर्न उत्पादक कम्पनीसँग पनि कुरा गर्ने उनको भनाई थियो । फ्रेन्च ओपनमा महिला खेलाडीले लेगेन्स बाहिर स्कर्ट लगाउनुपर्ने नियम छ । तर सेरेनाले यस्तो नगरी ब्लायक पेन्थर लगाएकी थिइन् । उनले हलिउड फिल्म ब्लायक पेन्थरबाट प्रेरित भएर यस्तो कपडा लगाएको बताउकी छिन् । २३ पटककी ग्राण्स्लाम विजेता सेरेनाले तीन पटक फ्रेन्च ओपन जितेकी छिन् ।