मोरङको पब्लिक उमावि र आदर्शमा सिभिल इन्जिनियरिङ हुने

मोरङ ः मोरङको पुरानो सदरमुकाम रंगेलीस्थित पब्लिक उच्च माध्यामिक विद्यालयमा डिप्लोमा इन सिभिल इन्जिनियरिङ पढाई हुने भएको छ ।आजको उद्घोष दैनिकमा समाचार छापिएको छ ।

Advertisement

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्(सिटीईभीटी)को सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा कार्यक्रमअन्तर्गत पब्लिक उच्च माविले स्वीकृत पाएसँगै तीन वर्षे डिप्लोमा ईन् सिभिल इन्जिनियरिङ पढाई हुने भएको हो ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषदले प्राविधिक शिक्षाको विकास, विस्तार र पहुँचलाई मध्यनजर गर्दै गत साउन २८ गते बसेको बैठकले प्रदेश नंम्बर १ का ७ वटा शिक्षण संस्थालाई प्राविधिक शिक्षा अध्यापनका लागि स्वीकृत दिएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top