जर्मन चान्सलर चीन गएपछि युरोपमा बबण्डर

१९ कात्तिक, एजेन्सी ।
चिनियाँ राष्ट्रपति सी जिनपिङसंग भेटवार्ता गर्न जर्मन चान्सलर ओलाफ सोल्स शुक्रबार चीन पुगे । रुस–युक्रेन युद्धलाई लिएर चीन–युरोप दूरी बढिरहेका बेला युरोपको शक्ति र अर्थ सम्पन्न देश जर्मनीका चान्सलर चीन भ्रमणमा गएपछि यता युरोपमा भने विवाद चुलिएको छ ।

जर्मन चान्सलरको भ्रमणलाई युरोपमा धेरैले शङ्कास्पद रूपमा हेरेका छन् । जर्मन चान्सलरको उपस्थितिले चिनियाँ राष्ट्रपति सीको बढ्दो अधिनायकवादी प्रतिष्ठालाई चीनमा बढाइदिने युरोपेली देशहरुको भनाइ छ । तर, जर्मन चान्सलरले भने विश्वव्यापी समस्याहरू चीनसँगको सहकार्यबाट मात्र समाधान गर्न सकिन्छ भन्ने तर्क गर्दै भ्रमणमा आएका थिए ।

शुक्रबार व्यापारिक प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बेइजिङ पुगेका शोल्जले चीनसँगको आर्थिक सम्बन्ध बढाउनमा इच्छा देखाएको देखिन्छ । जर्मनी र चीन ठूला व्यापारिक साझेदार हुन् । यद्यपी सोल्सले चीनमा ११ घण्टा मात्रै बिताए ।

Advertisement

कोरोना महामारीपछि बेइजिङको यात्रा गर्ने उनी पहिलो पश्चिमी नेता हुन् भने सीले तेस्रो कार्यकाल सम्हालेपछि भेट्ने उनी पहिलो विदेशी नेता बनेका छन् । सीसँगको भेटमा जर्मन चान्सलर सोल्सले युक्रेनसँगको युद्ध रोक्न रुसमाथि आफ्नो प्रभाव प्रयोग गर्न चीनलाई आग्रह गरेका छन् ।

तर चिनियाँ राष्ट्रपति सीले रुसले युक्रेनमा गरेको आक्रमणको निन्दा गर्न अस्वीकार गरेको अन्तर्राष्ट्रिय मिडियाहरुले उल्लेख गरेका छन् । तर रुसको पारमाणविक धम्की गैरजिम्मेवार र अत्यन्त खतरनाक भएकोमा भने दुवै पक्ष सहमत भएको जर्मन चान्सलर सोल्सलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

Advertisement

यस्तै शोल्जसँग प्रत्यक्ष भेटघाटको क्रममा सीले दुई प्रभावशाली राष्ट्रहरूको रूपमा चीन र जर्मनीले ‘परिवर्तन र अशान्तिको समयमा’ विश्व शान्तिका लागि सँगसँगै काम गर्नुपर्ने बताएका थिए । युक्रेनले रुसमा आक्रमण गरेर विधिमा आधारित विश्व व्यवस्थामा समस्या सिर्जना गरेको समयमा विश्व नेताको भेटघाटले राम्रो गर्ने शोल्जले बताएको वार्तामा रहेका रोयटर्स प्रतिनिधिमण्डलले जानकारी दिएका छन् ।

शोल्ज बेइजिङ जाुनअघि एक पत्रिकालाई अन्तर्वार्ता दिँदै जर्मनीका विपक्षी राजनीतिज्ञ नोर्बर्ट रोएटगेनले शोल्जको भ्रमणको विरोध गरेका थिए । ‘हाम्रो अर्थतन्त्र चीनमा निर्भर हुँदै जाँदा पनि चीनसँगको व्यापारमा पुनरविचार नगर्ने शोल्जको निर्णय घातक हुनसक्छन,’ रोएटगेनले भनेका थिए ।

‘चान्सलर शोल्जले यस्तो विदेश नीति अपनाइरहेका छन् जसका कारणले जर्मनीले उसका निकटतम साझेदारहरूको विश्वास गुमाउनेछ,’ रूढिवादी सीडीयू पार्टीका नेता रोएटजेनले भने । उनले शोल्जलाई चीनसँगको सम्बन्धमा कोहीसँग सल्लाह नगरी ‘एक्लै’ अघि बढिरहेको पनि आरोप लगाएका छन् ।

जर्मनीको सरकारले भने बर्लिनले भ्रमणअघि अमेरिका र युरोपका प्रमुख साझेदारहरूसँग परामर्श गरेको र शोल्जले चिनियाँ नेताहरूसँगको भेटघाटमा संवेदनशील विषय उठाउने वाचा गरेको बताएको छ ।

स्कोल्ज आफैले पनि एउटा अखबारको अन्तर्वार्तामा चीनको विषयमा रहेको विवादहरू चिनियाँ समकक्षसँगको वार्तामा सम्बोधन गरिने बताए । विशेषतः चीनको पश्चिमी सिनजियाङ क्षेत्रमा मानवअधिकारको मुद्दा र ताइवानको स्थिति वहसको सुचिमा रहेको बताइएको छ ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top