देउवालाई ओलीले भने, ‘कठैबरा प्रधानमन्त्री’

२० कात्तिक ७९, सोमबार

२१ कात्तिक,काठमाण्डौ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दार्चुलाको चुनावी सभामा आफूले नेपालको गुमेको भूमि फिर्ता ल्याउने भन्दा त्यसमा प्रधानमन्त्री शेरबहादुर देउवाले गरेको टिप्पणीको जवाफ फर्काएका छन् ।

आज गण्डकी प्रदेशको पोखरामा आयोजित चुनावी भेलालाई सम्बोधन गर्दै ओलीले भने, ‘मैले दार्चुला गएर हाम्रो गुमेको भूभाग फिर्ता ल्याउने भनेँ । त्यसको भोलिपल्ट प्रधानमन्त्री शेरबहादुर देउवाजीले मलाई जवाफ दिए, भाषण गरेर फिर्ता आउँछ? कुरा गरेर फिर्ता आउँछ? बन्दुक लिएर जानु फिर्ता आउँछ रे, म कठैबरा भन्न चाहन्छु, सम्माननीय प्रधानमन्त्री भएपनि कठैबरा किन भन्नपर्यो?’

त्यसपछि उनले तत्कालिन कांग्रेस सभापति मातृका प्रसाद कोइरालाले चेकपोस्ट राखेपछिको घटना सुनाए । ‘नेपालको उत्तरमा नेपाली कांग्रेसका तत्कालिन सभापति मातृका प्रसाद कोइरालाले १७ वटा भारतीय सैन्य चेकपोस्ट उत्तरमा लगेर राखे। सम्झौता गरेर,’ ओलीले सम्बोधनको क्रममा भने, ‘कृतिनिधि विष्टले यस्तो चेकपोस्ट राख्न हुँदैन्, हाम्रो स्वाधिनता, हाम्रो स्वतन्त्रता विपरित छ भनेर भन्दा भारतले चेकपोस्ट फिर्ता लग्यो।’

उनले बन्दुक लिएर विकास नहुने भन्दै प्रचण्डको संगतले यस्तो भएको पनि उल्लेख गरे । ‘बन्दुक लिएर होइन कुरा गरेर शेरबहादुर जी कुरा गरेर । बन्दुकले मान्छे मार्ने मात्रै हो, प्रचण्डको संगत गरेपछि के गर्ने भन्नुहोला । बन्दुकले केही गर्दैन, तर्क, तथ्य र सत्यले केही गर्छ ।’ ओलीले भने ।

उनले देउवामाथि थप कटाक्ष गर्दै भारतले लगाएको नाकाबन्दीका बेला चुइँक्क नबोलेको पनि उल्लेख गरे । ’नाकाबन्दी लाग्दा चुइँक्क बोल्न सकेनन्। घरमा चुल्हो निभेको छ तर सीमामा आएको समस्याले यस्तो भयो भने’, उनले भने, ’तुइन काटेर नेपालीलाई खोलामा झारेर ज्यान लिँदा पनि बोलेनन् । ओलीले कति साह्रो घुँडा टेक्न सकेको भन्दै प्रश्न गरे । यस्तै ओलीले पाँच दलीय गठबन्धनका दलहरुले अलग अलग घोषणा पत्र ल्याएर रमिता देखाएको पनि बताएका छन् । ’

उनीहरुको घोषणा पत्र कुन कार्यान्वयन गर्ने त?’, उनले भने, ’दिशाहीन, योजनाविहीन उनीहरुले केही गर्नु नै छैन । यस्ता गन्तव्यहीन विचार भएकाले कर्ममाण्ड पूरा गर्न घोषणा पत्र ल्याए । उनीहरुको उद्देश्य नै सरकार बनाएर देश लुट्ने हो।’ ओलीले सरकार बनाउनकै लागि गठबन्धन विदेशीसँग लम्पसार पर्ने गरेको बताए । ’त्यही नीतिसहित गठबन्धन अघि बढेको छ । गठबन्धनले अस्थिरताबाहेक केही गर्दैन’, उनको भनाई थियो ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top