×

NEPAL TIMES UPDATES

Playing
आमिर अख्तरको घोषणा ः राखेपको पहलपछि क्यानविरुद्धका मुद्दा फिर्ता || Nepal Times
May 19, 2026
Playing
World News:अमेरिकालाई क्युबाले दियो रक्तपातको चेता*वनी, ट्रम्पलाई इरानबाट शान्तिको आश|| Nepal Times
May 19, 2026
Playing
नाइजेरियन महिला प्रकरण संसद्मा,कारबाहीको माग, कृष्णले भने छानविन हुन्छ || Nepal Times
May 19, 2026
Playing
नेपालको ग्रीन इकोनोमी : ४ अर्बको कमाइ भइसक्यो अझै छ अवसर || Nepal Times
May 19, 2026
Playing
सुलभको हातमा हिरासतमा पनि आइप्याड, ललितपुर प्रहरीमाथि छानविन || Nepal Times
May 19, 2026
Playing
Top 15 Afternoon News || May-19-2026 || Nepal Times
May 19, 2026
Playing
डा.मनोजमाथि गम्भिर उजुरी,प्रधानन्यायाधीश बनाए देश गृहयुद्धमा जान्छ ! || Nepal Times
May 19, 2026
Playing
सुन्धाराको महिला बन्दीगृहभित्र मौलाएको प्रेम कथा|| Nepal Times
May 19, 2026
Playing
पुटिनलाई भव्य स्वागत गर्दै सी जिनपिङ || Nepal Times
May 19, 2026
Playing
संसदीय सुनुवाइमा एमाले–नेकपाको शंका, बारले लालटिन बाल्दै || Nepal Times
May 19, 2026

नेपालीमूलका दीपेन्द्र गुरुङ बने मिस वर्ल्डका मालिक

२४ कार्तिक २०७९

२५ कात्तिक, एजेन्सी ।
संसारकै ध्यान खिच्ने विश्वसुन्दरी प्रतियोगिता (मिस वर्ल्ड)का मालिका नेपाल मूलका एक व्यवसायी बनेका छन् । नेपाली मूलका बेलायती व्यवसायी दीपेन्द्र गुरुङ मिस वर्ल्डका सहमालिक बनेका हुन् । गुरुङ स्वयं र प्रतिष्ठित ब्युटी पेजेन्ट वेबसाइट पेजेन्टइम्प्रेसले यसलाई पुष्टि गरेका छन् ।

यस वर्षको ७१ औं मिस वर्ल्ड संस्करणबाट गुरुङले औपचारिक रुपमा मिस वर्ल्डको नेतृत्व सम्हाल्नेछन् । स्थापनाकालदेखि नै मिस वर्ल्डको एकाधिकार बेलायती व्यवसायी जुलिया मोर्ले र उनको परिवारसँग थियो ।गुरुङ परिवारले यस वर्षको मिस वर्ल्डदेखि नेतृत्व सम्हाल्ने खबर पेजेन्टइम्प्रेसले लेखेको छ र यसलाई दीपेन्द्रले सेयर पनि गरेका छन् ।

Advertisement
Advertisement

व्यवसायी गुरुङ युरोपको वायुसेवा कम्पनी हिमालय जेट र विश्वचर्चित फिल्मको मल्टिप्लेक्स चेन प्रिभे लक्जरी सिनेमाजका मालिक समेत हुन् ।यस वर्षको मिस वर्ल्ड प्रतियोगिता सिंगापुर, जापान र पोल्याण्डमा गर्ने तयारी छ । यसका लागि वर्तमान विश्वसुन्दरीलाई लिएर दीपेन्द्र बुधबार सिंगापुर पुगेका छन् ।

सिंगापुरका संस्कृतिमन्त्री एडविन तोङसँग गुरुङको यसबारे बैठक पनि भएको छ । सन् २०२४ को विश्वसुन्दरी प्रतियोगिता नेपाल र भारतमध्ये एक ठाउँमा गर्ने समेत जनाइएको छ । नेपालमा मिस वर्ल्ड गर्ने कुरा दीपेन्द्रले उल्लेख गरे पनि मिति भने खुलाइएको छैन् ।

मिस वर्ल्डको वर्तमान कार्यकारी निर्माता स्टेफन मोर्लेले ‘गुरुङ परिवार अब मिस वर्ल्डको विरासतसँग जोडिएको बताएका छन् । हामी मिस वर्ल्डको ७१ औं संस्करणबाट यो समारोहलाई नयाँ उचाइमा लैजान चाहन्छौं । उनले भनेका छन्, सामूहिक रुपमा कार्यक्रम र परोपकारलाई अघि बढाउनेछौं ।’

Advertisement
Advertisement

मिस वल्र्ड आजभन्दा ७१ वर्षअघि सन् १९५१ देखि सुरु भएको थियो । स्टेफनले त्यसबेला फेस्टिवल अफ बेलायतको उत्सवको एक भागको रूपमा बिकिनी प्रतियोगिता आयोजना गरेका थिए जसलाई उनले फेस्टिवल बिकिनी प्रतियोगिता नाम दिएका थिए । जसले पछि मिस वल्र्डको नाम लिएको थियो ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top