चुनावका दिन अत्यावश्यक सेवाका सवारीलाई पास नचाहिने

२७ कात्तिक ७९, सोमबार

२८ कात्तिक,काठमाण्डौ ।
निर्वाचन आयोगले चुनावका दिन अत्यावश्यकीय सेवा प्रवाहमा सञ्चालित सवारीहरुका लागि पासको आवश्यक्ता नरहेको प्रष्ट पारेको छ। आयोगले बिरामी बोकेको एम्बुलेन्स, शव वाहन, अस्पतालमा कार्यरत परिचय पत्र बोकेका चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीका लागि पासको अनुमति लिनुनपर्ने आयोगले बताएको हो।

निर्वाचन आयोगका सचिव गोकर्णमणि दुवाडीले खानेपानीको ट्यांकर, दुध बोक्ने सवारी साधन, दमकल, दूरसञ्चार तथा केवल सेवाका लागि प्रयोग हुने सवारीसाधनका लागि पनि पास लिनु नपर्ने बताए।

उनले निर्वाचन आयोगबाट जारी परिचयपत्र वाहक पर्यवेक्षक, अवलोकन कर्ता, अनुगमन कर्ताको सवारी साधनले पनि अनुमति आवश्यक नपर्ने जानकारी दिए ।

Advertisement

सचिव दुवाडीका अनुसार फोहोर मैला ओसारपसार गर्ने सवारीसाधन, विदेशी पर्यटक मात्र बोकेको हरियो नम्बर प्लेटको सवारीसाधन, सुरक्षाकर्मीले प्रयोग गर्ने सुरक्षा निकायको सवारीसाधन, कुटनैतिक नियोग, युएन एजेन्सी, दुईपक्षीय, बहुपक्षीय साझेदार संस्थाहरुमा कार्यरत कर्मचारीहरुले प्रयोग गर्ने सवारीसाधनलाई पनि अनुमति आवश्यक छैन ।

यस्तै सूचना तथा प्रशारण विभाग, प्रदेश सञ्चार रजिष्ट्रारको कार्यालय वा प्रदेश सरकार मातहतको सञ्चार प्राधिकरण अथवा त्यस्तै प्रकृतिको नियामक निकायले जारी गरेको प्रेस पास, प्रचलित कानुन बमोजिम दर्ता भइ प्रेस काउन्सिलमा दर्ता भइ सूचीकृत भएका सञ्चार निकायहरुको परिचय पत्रको आधारमासमेत सवारीसाधनको हकमा अनुमति लिनु नपर्ने व्यवस्था गरेको बताए।

Advertisement

आयोगले अशक्त व्यक्तिहरुको हकमासमेत मतदानलाई सहजीकरण गर्न वडा कार्यालयको सिफारिसमा सम्बन्धित निर्वाचन अधिकृतले अनुमति पत्र दिने व्यवस्था गरेको छ।

त्यस्तै पूर्ण अपाङ्गता भएका वा क वर्ग र ख वर्गका अपाङ्गता भएका व्यक्तिहरुको हकमा पनि अवधि कायम रहेको परिचय पत्रको आधारमा सवारीसाधन प्रयोग गर्दा अनुमति चाहिने छैन । गएको स्थानीय निर्वाचनमा भने आयोगले अत्यावश्यक सेवाका सवारीका लागि पनि पासको व्यवस्था गरेको थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top