इस्तानबुलको ब्यस्त सडक बम विष्फोटले हल्लियो

२८ कात्तिक,एजेन्सी ।
टर्कीएको एउटा व्यस्त सहरमा विस्फोट हुँदा कम्तीमा ६ जनाको ज्यान गएको छ । इस्तानबुल सहरको व्यस्त सडकमा भएको विस्फोटमा परेर ८० जनाभन्दा धेरै घाइते भएका बीबीसीले जनाएको छ ।

टाक्सिम क्षेत्रको इस्टिकलाल एभेन्युमा विस्फोट हुँदा मानिसहरुको भागदौड मच्चिएको थियो । सरकारी समाचार निकाय एनादोलुले विस्फोटको कारण थाहा हुन नसकेको जनाएको छ ।

इस्तानबुल सहरको सरकारी वकिलको कार्यालयले विस्फोटको अनुसन्धान सुरु गरेको छ । छानबिन टोलीमा पाँच जना सरकारी वकिल नियुक्त गरिएको कार्यालयका सञ्चार निर्देशकले जानकारी दिएको बीबीसीले जनाएको छ ।

इस्तानबुल क्रिमिनल कोर्ट अफ पिसले विस्फोटसँग सम्बन्धित सबै श्रव्यदृश्य सामग्रीको प्रसारणमा प्रतिबन्ध लगाएको छ । लस्करै पसल र रेस्टुरेन्टहरु रहेको इस्टिलाल एभेन्यु पर्यटकलगायत स्थानीय माझ लोकप्रिय रहेको छ ।

यता टर्कीएका राष्ट्रपति रेसेप तैयप एर्दोगानले उक्त विस्फोटलाई कडा आक्रमणको रुपमा लिएको भन्दै दोषीलाई कारबाही गरिने बताएका छन् ।

बीबीसीको रिपोर्ट अनुसार विस्फोटपछि इस्तिकलाल स्ट्रिट वरपर ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो। क्षेत्र नाकाबन्दी गरिएको थियो। एम्बुलेन्सले घाइतेलाई यहाँबाट निकालेको देखिएको थियो ।

सो क्षेत्रको सुरक्षाका लागि हेलिकप्टरबाट समेत गस्ती बढाइएको जनाइएको छ । यो विस्फोटपछि जताततै हलचल मच्चिएको छ । विस्फोटको आवाज सुनेपछि मानिसहरु भाग्न थालेका थिए । विष्फोट भएको क्षेत्र पसलले भरिएको छ ।

सन् २०१६ मा आत्मघाती हमलामा पनि यसलाई निशाना बनाइएको थियो । मिडिया रिपोर्टका अनुसार यस हमलामा तीन जना संदिग्ध छन्। यसमा मुख्य अभियुक्त महिला हुन् । राष्ट्रपति एर्दोगानले पनि यसको पुष्टि गरेका छन् ।

अधिकारीहरूले यो कुर्दिस्तान वर्कर्स पार्टीसँग जोडिएको विश्वास गरेका छन् । जानकारीका अनुसार उनीहरुले विस्फोटक पदार्थले भरिएको झोला बाटोमा छोडेका थिए । त्यसको केही मिनेटपछि मात्रै विस्फोट भएको थियो ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top