भोजपुर उडेको जहाजमा भाइब्रेसन,बीचबाटै फर्कियो

१ मंसिर ७९, शुक्रबार

२ मंसिर,काठमाण्डौ ।
काठमाडौंबाट पहाडी जिल्ला भोजपुरका लागि उडान भरेको नेपाल वायुसेवा निगमको ट्वीनअटर काठमाडौं नै फर्किएको छ । फ्लाइट कन्ट्रोल सिस्टममा देखिएको समस्याका कारण जहाज भाइब्रेसन (थर्किने) हुन थालेपछि भोजपुरतर्फ उडिरहेको ट्वीनअटर काठमाडौं नै फर्किएको हो ।

१५ यात्रु बोकेर उडिरहेको निगमको अल्फा ब्राभो युनिफर्म टुइनअटर टेकअफ भए लगत्तै समस्या देखिएपछि काठमाडौं नै फर्किएको वायुसेवा स्रोतले जनाएको छ । सोही विमानबाट भोजपुर जाने तयारीमा रहेका उत्तम कार्कीले भोजपुर उडेको जहाज प्राविधिक गडबढीले पुन काठमाडौं फर्किएको बताएका छन् ।

विहान करिब ५.३० काठमाडौं एअरपोर्ट आएर ७ बजे भोजपुर उडेको नेपाल एयरलायन्सकोे जहाज ७.१५ मा टेक्निकल भएर पुन ः काठमाडौ फर्किएको उनले बताएका छन् । विमान यसरी काठमाडौं फर्किएपनि विमानसेवाले अर्काे विकल्प नदिदा ३ घन्टा एअरपोर्ट बसेर आफू तुम्लिङटार हुँदै भोजपुर आएको उनले बताएका छन् ।

उक्त विमानमा भोजपुरबाट काठमाडौं फर्किने १० यात्रु थिए । निगमको त्यो विमान ग्राउडेड भएपछि अर्को विमान नहुँदा दुवै तर्फका यात्रु अलपत्र परेका छन् । उक्त ट्वीनअटरले भोजपुरपछि फाप्लु र दाङ उडान गर्ने तालिका थियो । यी दुई गन्तव्यका यात्रु पनि अलपत्र परेका छन् ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top