इस्कोनले निकाल्यो झांकीसहित विराटनगरमा कलश यात्रा

इस्कोनले निकाल्यो झांकीसहित विराटनगरमा कलश यात्रा

विराटनगर,भदौ १०
नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ(इस्कोन)ले विराटनगरमा झांकीसहित कलश यात्रा निकालेको छ । श्रीकृष्ण जन्माष्टमीको उपलक्ष्यमा इस्कोन विराटनगरले आयोजनागर्न लागेको श्रीमद् भागवत सप्ताह महोत्वसवको बिषयमा सर्वसाधारणलाई जानकारी दिन झांकी सहितको कलशयात्रा निकालिएको हो ।

सो क्रममा निकालिएको कलशयात्राले नगरक्षेत्रको विभिन्न भागको परिक्रमा गरेको थियो । मेनरोडस्थित सत्यनारायण मन्दिरबाट निकालिएको कलशयात्राले गोश्वाराचोक,शनिहाट,तीनपैनी हुँदै स्थानिय राधाकृष्ण मन्दिरमा पुगेर समापन भएको थियो ।

इस्कोनले आजबाट आगामी १६ गतेसम्म विराटनगर पानीटंकीस्थित राधाकृष्ण मन्दिरमा भागवत सप्ताह आयोजना गरेको छ । सप्ताहमा बृन्दावनका आचार्य श्रीशकृष्ण दासले कथा वाचन गर्नेछन ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.