NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
विदेशमा रहेकालाई मताधिकार दिन आयोग तयार, सरकारले सहजीकरण गर्नुपर्ने बिहिबार कार्तिक २० , २०८२
जनार्दन शर्मा कस्ता नेता ?पाँच पटक मन्त्री, ४ पटक सांसद् बिहिबार कार्तिक २० , २०८२
सुदन र रक्षा गृहमन्त्री र सरकारसँग वम वम, ओलीकै पारामा ढल्किए बिहिबार कार्तिक २० , २०८२
अमेरिकामा ८० हजार गैर–आप्रवासीको भिसा रद्द बिहिबार कार्तिक २० , २०८२
रवि र छविको आज पेसी बिहिबार कार्तिक २० , २०८२
Next
Prev

समाचार

विश्वकपमा आज महा भिडन्त

बिहिबार मंसिर ८ , २०७९
Reading Time: 1 min read
A A
फिफा विश्वकपः कस्तो छ पोर्चुगिज टिम ?
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

८ मंसिर,एजेन्सी ।
कतारमा जारी फिफा विश्वकपमा आज समूह ‘जी’ र ‘एच’ का समान दुई खेल गरी चार खेल हुँदै छन् । कतारको अल जानौब रंगशालामा हुने आजको पहिलो खेलमा समूह ‘जी’मा रहेको स्विट्जरल्यान्डले क्यामरुनको सामना गर्दै छ । यो खेल नेपाली समयअनुसार दिउँसो ३ः४५ बजेदेखि सुरु हुनेछ ।

एजुकेसन सिटी रंगशालामा हुने दिनको दोस्रो खेलमा समूह ‘एच’ को उरुग्वेले दक्षिण कोरियाविरुद्ध खेल्नेछ । खेल साँझ ६ः४५ बजेदेखि सुरु हुनेछ । यसैगरी राति ९ः४५ बजेदेखि रंगशाला ९७४ मा सुरु हुने आजको तेस्रो खेलमा समूह ’एच’ मा रहेको पोर्चुगलले घानाविरुद्ध खेल्नेछ ।

यस्तै, दिनको अन्तिम खेलमा राति १२ः४५ बजे समूह ’जी’ को सर्बियाले ब्राजिलसामु चुनौती प्रस्तुत गर्दै छ । यो खेल कतार विश्वकपकै सबैभन्दा ठूलो लुसैल रंगशालामा हुनेछ । लुसैल रंगशालामा ८० हजार दर्शक क्षमताको छ । फिफा विश्वपकमा आज (बिहीबार) हुने चार खेलमध्ये तेस्रो खेलमा ‘अन्डर डग’ पोर्चुगलले अफ्रिकी ‘पावर हाउस’ घानाविरुद्ध खेल्दै छ ।

LS Auto

समूह ‘एच’ पोर्चुगल र घानासँगै उरुग्वे र दक्षिण कोरिया गरी चार बलिया टिम रहेकाले विश्वकपको नकआउट चरणमा प्रवेश गर्ने सम्भावना बलियो बनाउँन दुवै टिमलाई आज जितको दबाब छ । चार महादेशका बलिया टिम रहेकाले यो समूहलाई विश्वकपको ‘ग्रुप आफ डेथ’ को रूपमा चित्रण गरिएको छ ।

घानाविरुद्ध मैदान उत्रिँदा पोर्चुगल हालैमात्र म्यानचेस्टर युनाइटेडसँगको आफ्नो व्यवसायिक करियर टुंग्याएका फरवार्ड क्रिस्टियानो रोनाल्डोको कप्तानीमा रहनेछ । पछिल्लो पटक सन् २००६ मा विश्वकपको सेमिफाइनल पुगेको पोर्चुगलले त्यसयता अन्तिम १६ भन्दा माथिको यात्रा तय गर्न सकेको छैन ।

तर, कतार विश्वकपका भने पोर्चुगललाई पनि सेमिफाइनल पुग्नसक्ने सम्भावित चार टिममध्ये एकको रुपमा लिइएको छ । विश्वकपमा आगामी यात्रा बलियो बनाउँन पनि आज पोर्चुगल जितको लक्ष्यमा हुनेछ । विश्वकपको लगातार चार संस्करणमा गोल गर्ने चार खेलाडीमध्ये रोनाल्डो पनि एक हुन् ।

रोनाल्डोले खेलको सन् २००६, २०२०, २०१४ र २०१८ गरी चारै विश्वकपमा गोल गरेका छन् । आज घानाविरुद्ध गोल गरे रोनाल्डो विश्वकपको लगातार पाँच संस्करणमा गोल गर्ने पहिलो र एकमात्र खेलाडी बन्नेछन् ।

यता, घानालाई यो समूहकै सबैभन्दा कमजोर टिमको रूपमा चित्रण गरिए पनि अफ्रिकी ‘पावर हाउस’ विश्वकपमा जुनसुकै टिमलाई पनि हराउँन सक्ने क्षमता राख्छ । घानाले सन् २०१० मा अप्रत्यासित रुपमा क्वार्टरफाइनलसम्मको यात्रा तय गरेको थियो । विश्वकपको क्वार्टरफाइनल खेल्ने घाना पछिल्लो अफ्रिकी राष्ट्र हो ।

त्यससता अफ्रिकाका कुनै पनि टिम क्वार्टरफाइनल पुग्न सकेका छैनन् । पछिल्लो पटक सन् २०१४ को विश्वकप खेलेको घानाले त्यसबेला पनि पोर्चुगललाई समूह चरणमा प्रतिद्वन्द्वीको रुपमा पाएको थियो । जहाँ क्रिस्टियानो रोनाल्डोको निर्णायक गोलमा पोर्चुगलले घानालाई २–१ पराजित गरेको थियो ।

यस्तै पाँच पटकको विश्वविजेता ब्राजिलले आज समूह ‘जी’ मा सर्वियाविरुद्ध खेल्दै कतार विश्वकपमा आफ्नो यात्रा सुरु गर्नेछ । यो विश्वकपको प्रमुख दाबेदार मानिएको ब्राजिल पाँच पटक विश्वविजेता रहे पनि सन् २००२ यता फाइनल पुग्न सकेको छैन । सन् २०१४ मा आफ्नै भूमीमा आयोजित विश्वकपको सेमिफाइनलमा पुगेको ब्राजिल त्यसबेला जर्मनीसँग ७–१ को लज्जास्पद नतिजामा पराजित भएको थियो ।

पछिल्लो संस्करणको क्वार्टरफाइनलसम्म पुगेको ब्राजिल त्यहाँ पनि बेल्जियमसँग पराजित भएको थियो । ब्राजिल विश्वकपको पहिलो संस्करणदेखि हालसम्मका सबै संस्करण खेल्ने एकमात्र टिम हो । टिटेको प्रशिक्षणमा रहेको ब्राजिल विश्वकपको समूह चरणका पछिल्लो १५ खेलमा हार बेहोरेको छैन ।

यस्तै, ब्राजिल सन् १९८२ यता समूह विजेताको रुपमा अन्तिम १६ मा पुगेको छ । तुलनात्मक रुपमा सर्वियालाई भने समूह ‘जी’ को कमजोर टिमको रूपमा लिइएको छ । सर्वियाले विश्वकपको पछिल्लो तीन संस्करणमा समूह चरण पार गर्न सकेको छैन ।

तर, विश्वकपको छनोटमा आठ खेलमा अपराजित रहँदै कतार आएको सर्विया ब्राजिलका लागि सहज प्रतिद्वन्द्वी नहुने पक्का छ । विश्वकपको पछिल्लो संस्करणमा पनि ब्राजिल र सर्विया एकै समूहमा थिए । जहाँ ब्राजिलले सर्वियालाई २–० ले पराजित गरेको थियो । फरवार्ड नेइमार यो खेलमा प्रभाव पार्न सक्ने ब्राजिलका खेलाडी हुन् ।

ब्राजिलको सर्वकालीन उच्च गोलकर्ता बन्ने दौडमा रहेका नेइमारले अब तीन गोल गरे पेलेको नाममा रहेको यो कीर्तिमान आफ्नो नाममा बनाउनेछन् । नेइमारले विश्वकपको पछिल्लो दुई संस्करणमा ६ गोल र दुई असिस्ट गरेका छन् । एलेक्जान्ड्रो मिट्रोभिच सर्वियाबाट खेलमा प्रभाव पार्न सक्ने खेलाडी हुन् । विश्वकपको छनोटमा सर्वियाले खेलेको आठ खेलमा उनले आठ गोल गरेका छन् ।

Tags: #विश्वकप#विश्वकपमा आज महा भिडन्त

लोकप्रीय

७० हजार जेनजी मतदाता थपिए

विदेशमा रहेकालाई मताधिकार दिन आयोग तयार, सरकारले सहजीकरण गर्नुपर्ने

बिहिबार कार्तिक २० , २०८२
रेमिट्यान्सले ग्रामीण अर्थतन्त्र सुधारमा टेवा पुगेको अर्थमन्त्रीको भनाइ

जनार्दन शर्मा कस्ता नेता ?पाँच पटक मन्त्री, ४ पटक सांसद्

बिहिबार कार्तिक २० , २०८२
सुदन र रक्षा गृहमन्त्री र सरकारसँग वम वम, ओलीकै पारामा ढल्किए

सुदन र रक्षा गृहमन्त्री र सरकारसँग वम वम, ओलीकै पारामा ढल्किए

बिहिबार कार्तिक २० , २०८२

विचार

७० हजार जेनजी मतदाता थपिए

विदेशमा रहेकालाई मताधिकार दिन आयोग तयार, सरकारले सहजीकरण गर्नुपर्ने

बिहिबार कार्तिक २० , २०८२
रेमिट्यान्सले ग्रामीण अर्थतन्त्र सुधारमा टेवा पुगेको अर्थमन्त्रीको भनाइ

जनार्दन शर्मा कस्ता नेता ?पाँच पटक मन्त्री, ४ पटक सांसद्

बिहिबार कार्तिक २० , २०८२
सुदन र रक्षा गृहमन्त्री र सरकारसँग वम वम, ओलीकै पारामा ढल्किए

सुदन र रक्षा गृहमन्त्री र सरकारसँग वम वम, ओलीकै पारामा ढल्किए

बिहिबार कार्तिक २० , २०८२

थप समाचार

७० हजार जेनजी मतदाता थपिए
ताजा समाचार

विदेशमा रहेकालाई मताधिकार दिन आयोग तयार, सरकारले सहजीकरण गर्नुपर्ने

बिहिबार कार्तिक २० , २०८२
रेमिट्यान्सले ग्रामीण अर्थतन्त्र सुधारमा टेवा पुगेको अर्थमन्त्रीको भनाइ
ताजा समाचार

जनार्दन शर्मा कस्ता नेता ?पाँच पटक मन्त्री, ४ पटक सांसद्

बिहिबार कार्तिक २० , २०८२
सुदन र रक्षा गृहमन्त्री र सरकारसँग वम वम, ओलीकै पारामा ढल्किए
ताजा समाचार

सुदन र रक्षा गृहमन्त्री र सरकारसँग वम वम, ओलीकै पारामा ढल्किए

बिहिबार कार्तिक २० , २०८२
अमेरिकामा ८० हजार गैर–आप्रवासीको भिसा रद्द
अन्तर्राष्ट्रिय

अमेरिकामा ८० हजार गैर–आप्रवासीको भिसा रद्द

बिहिबार कार्तिक २० , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: मेक्सिकोभित्रै पसेर ट्रम्पले कारबाही गर्ने, राष्ट्रपतिमाथि नै यौन दु*व्र्य*वहार

World News: मेक्सिकोभित्रै पसेर ट्रम्पले कारबाही गर्ने, राष्ट्रपतिमाथि नै यौन दु*व्र्य*वहार

00:18:03

World News: न्युयोर्कमा ममदानीको जित, म्यान्मारका माफियालाई चीनमा मृ*त्युदण्ड || Nepal Times

00:20:11

World News: मेयरसंग ट्रम्पको टसल, भारतीय अदालतमा नेपालको जेनजी प्रदर्शनको चर्चा || Nepal Times

00:16:38

World News: अफगानिस्तान भूकम्पमा क्षति बढ्दै, तेहरानमा खानेपानी अभाव|| Nepal Times

00:13:42

World News: सुपरमार्केट वि*ष्फो*टमा २३ को मृ*त्यु, नाइजेरियामा सैन्य का*र*बाही गर्ने Trumpको चेतावनी

00:13:33

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

बालेनको जरिवाना पत्रःगणतन्त्रवादीहरु खुशी राजावादी फायर

बालेनको स्टाटसलाई अंग्रेजीमा होइन नेपालीमा बुझौं !

आइतवार कार्तिक १६ , २०८२
सुडान टुक्रिने कमाण्डरको चेतावनी, वेस्ट बैंकमा बुलडोजर

सुडानमा भयानक नरसंहारः अन्तरिक्षबाटै देखियो रगतको आहाल

मङ्लबार कार्तिक १८ , २०८२
ओली र लेखकको स्थानहद र पासपोर्ट रोक्का खुलेन

रवि फेरि चक्रब्युमा,फर्जी पत्र थमाएर जेलबाट कसले निकाल्यो ?

मङ्लबार कार्तिक १८ , २०८२

हालका पोस्टहरू

७० हजार जेनजी मतदाता थपिए

विदेशमा रहेकालाई मताधिकार दिन आयोग तयार, सरकारले सहजीकरण गर्नुपर्ने

बिहिबार कार्तिक २० , २०८२
रेमिट्यान्सले ग्रामीण अर्थतन्त्र सुधारमा टेवा पुगेको अर्थमन्त्रीको भनाइ

जनार्दन शर्मा कस्ता नेता ?पाँच पटक मन्त्री, ४ पटक सांसद्

बिहिबार कार्तिक २० , २०८२
सुदन र रक्षा गृहमन्त्री र सरकारसँग वम वम, ओलीकै पारामा ढल्किए

सुदन र रक्षा गृहमन्त्री र सरकारसँग वम वम, ओलीकै पारामा ढल्किए

बिहिबार कार्तिक २० , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.