NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
आन्दोलनको बहानामा एकै बैंकबाट १८ किलो सुन र ५ करोड चोरी बुधबार अशोज १ , २०८२
जेनजी आन्दोलनसंग जोडिएका क–कसले पाउँछन् राहत ? के छ प्रक्रिया ? बुधबार अशोज १ , २०८२
जेनजी विद्रोहमा प्रतिक बनेको ‘वान पिस जोली रोजर’ बुधबार अशोज १ , २०८२
जेनजीसँग आशिकाःबनिन् आमा, छोरी, दिदी र अभिभावक बुधबार अशोज १ , २०८२
मेयरबाट प्रधानमन्त्रीको दाबेदारसम्म बालेन कसरी उदाए ? बुधबार अशोज १ , २०८२
Next
Prev

समाचार

विश्वकप फाइनलमा मेसी पुग्छन् कि लुका मोड्रिच ?

सोमवार मंसिर २६ , २०७९
Reading Time: 1 min read
A A
विश्वकप फाइनलमा मेसी पुग्छन् कि लुका मोड्रिच ?
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२६ मंसिर,एजेन्सी ।
विश्वकप फुटबलको सेमिफाइनलमा अर्जेन्टिना र क्रोएसियाले खेल्ने पक्का भएको छ । यी दुई देशबीचको खेल मंगलबार राती पौने १ बजे सुरु हुनेछ ।विश्वकपमा दुई देशबीच भएका खेलको विगत हेर्दा दुवै टोली उत्तिकै बलियो देखिएका छन् । अर्जेन्टिना र क्रोएसियाले यसअघि २ वटा विश्वकपमा प्रतिष्पर्धा गरेकोमा दुवै देश एकरएक खेलमा विजयी भएका छन् ।

सन् १९९८ को विश्वकपमा अर्जेन्टिनाले क्रोएसियालाई १ शुन्य गोलले हरायो । त्यतिबेला ३६ मिनेटमा पिनेडाले गरेको गोल नै अर्जेन्टिनाको जितको आधार बनेको थियो । तर सन् २०१८ को विश्वकपमा भने क्रोएसियाले अर्जेन्टिनालाई हरायो । अर्जेन्टिनालाई ३ शुन्य गोलले हराउने क्रममा क्रोएसियाका रेविक, लुका मोड्रिच र र्याकेटिचले गोल गरेका थिए ।

विश्वकपबाहेक यी दुई देशले थप ३ वटा खेल खेलेका छन् । अर्जेन्टिना र क्रोएसियाबीच सन् १९९४ मा भएको पहिलो खेल गोलरहित बराबरीमा सकिएको थियो । सन् २००६ को मैत्रीपूर्ण खेलमा क्रोएसियाले ३ गोल हान्दा अर्जेन्टिनाले २ गोल हानेर हार्यो । सन् २०१४ मा भएको मैत्रीपूर्णमा अर्जेन्टिना २ शुन्य गोलले विजयी भयो ।

LS Auto

अहिलेसम्मका पाँच वटा खेलमा क्रोएसियाले ७ गोल र अर्जेन्टनाले ५ गोल गरेका छन् । अर्जेन्टिना फिफा वरीयताको दोस्रो स्थानमा रहेको अर्जेन्टिना समूह ‘सी’को विजेता हुँदै सेमिफाइनलसम्म आइपुगेको हो । अर्जेन्टिनाले अन्तिम–१६ को खेलमा अस्ट्रेलियालाई २–१ ले र क्वार्टरफाइनलमा नेदरल्यान्ड्सलाई पेनाल्टी सुटआउटमा ४–३ ले पराजित गरेको थियो ।

यो खेल पेनाल्टी सुटआउटमा पुग्नुअघि नेदरल्यान्ड्स र अर्जेन्टिनाले निर्धारित र अतिरिक्त समयमा २–२ को बराबरी खेलेका थिए । पछिल्लो ४१ खेलमा खेलमध्ये एक खेलमा मात्र हार बेहोरेको अर्जेन्टिना लियोनल स्कालोनीको प्रशिक्षणमा छ । विश्व फुटबलमा आफ्नो बेग्लै पहिचान स्थापित गराएका लियोनल मेसीको कप्तानीमा रहेको अर्जेन्टिनाले २०१४ को संस्करणपछि सेमिफाइनलमा स्थान बनाएको हो ।

रोचक तथ्य के भने अर्जेन्टिनाले हालसम्म विश्वकपको सेमिफाइनलमा हार बेहोरेको छैन । अर्जेन्टिना यसअघि सन् १९३०, १९७८, १९८६, १९९० र २०१४ को सेमिफाइनल खेलेको थियो । यी सबै संस्करणमा अर्जेन्टिनाले फाइनल पनि खेलेको थियो । जसमध्ये अर्जेन्टिनाले १९७८ र १९८६ को उपाधि जितेको थियो ।

यता फिफा वरीयताको १२ औँ स्थानमा रहेको क्रोएसिया विश्वकपको साविक उपविजेतासमेत हो । कतार विश्वकपमा समूह ‘एफ’को उपविजेता हुँदै नकआउट चरणमा प्रवेश गरेको क्रोएसियाले अन्तिम–१६ को खेलमा जापानलाई पेनाल्टी सुटआउटमा ३–१ ले पराजित गरेको थियो । जापानविरुद्धको पेनाल्टीमा जित निकाल्नुअघि क्रोएसियाले खेलको निर्धारित र अतिरिक्त समयमा १–१ को बराबरी खेलेको थियो ।

यस्तै, लुका मोड्रिचको कप्तानीमा रहेको क्रोएसियाले क्वार्टरफाइनलमा ब्राजिललाई पेनाल्टी सुटआउटमै हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो । खेल पेनाल्टी सुटआउटमा पुग्नुअघि ब्राजिल र क्रोएसियाले १–१ को बराबरी खेलेका थिए । सन् १९९१ जुन २५ मा युगोस्लाभियाबाट स्वतन्त्र भएको क्रोएसियाको फिफा विश्वकपको इतिहास लामो छैन् ।

सन् १९९८ मा फ्रान्स विश्वकपमा पहिलोपटक छनोट हुँदा नै क्रोएसियाले विश्वकपमा तेस्रो स्थान हासिल गरेको थियो । त्यसयताका सबै संस्करणमा सहभागिता जनाएको क्रोएसिया लगातार दोस्रोपटक विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको हो ।यसअघि २०१८ मा रुस विश्वकपमा क्रोएसियाले फाइनलसम्मको यात्र तय गरेपनि फ्रान्ससँग ४–२ ले पराजित भएपछि उपविजेतामा चित्त बुझाएको थियो ।

Tags: #अर्जेन्टिना भर्सेस क्रोएसियाः को छ बलियो ?#विश्वकप फाइनलमा मेसी पुग्छन् कि लुका मोड्रिच ?

लोकप्रीय

आन्दोलनको बहानामा एकै बैंकबाट १८ किलो सुन र ५ करोड चोरी

आन्दोलनको बहानामा एकै बैंकबाट १८ किलो सुन र ५ करोड चोरी

बुधबार अशोज १ , २०८२
प्रचण्डलाई बालेनको व्यंग्यःएकादेशमा टिकटक पनि बन्द भएको थियो

जेनजी आन्दोलनसंग जोडिएका क–कसले पाउँछन् राहत ? के छ प्रक्रिया ?

बुधबार अशोज १ , २०८२
जेनजी विद्रोहमा प्रतिक बनेको ‘वान पिस जोली रोजर’

जेनजी विद्रोहमा प्रतिक बनेको ‘वान पिस जोली रोजर’

बुधबार अशोज १ , २०८२

विचार

थप समाचार

आन्दोलनको बहानामा एकै बैंकबाट १८ किलो सुन र ५ करोड चोरी
ताजा समाचार

आन्दोलनको बहानामा एकै बैंकबाट १८ किलो सुन र ५ करोड चोरी

बुधबार अशोज १ , २०८२
प्रचण्डलाई बालेनको व्यंग्यःएकादेशमा टिकटक पनि बन्द भएको थियो
अन्तर्राष्ट्रिय

जेनजीसँग आशिकाःबनिन् आमा, छोरी, दिदी र अभिभावक
ताजा समाचार

जेनजीसँग आशिकाःबनिन् आमा, छोरी, दिदी र अभिभावक

बुधबार अशोज १ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News:जेलेन्स्कीलाई पत्र लेखेपछि मृ*त्युद*ण्ड,प्या*लेस्टि*नीहरू गाजा*बाट भागे|| Nepal Times

World News:जेलेन्स्कीलाई पत्र लेखेपछि मृ*त्युद*ण्ड,प्या*लेस्टि*नीहरू गाजा*बाट भागे|| Nepal Times

00:22:52

World News: अमेरिकाबाट निष्कासितमध्ये ३३% अपराधि, पाकिस्तानमा ३१ विद्रोही मा*रि*ए || Nepal Times

00:18:05

World News: रुबियोको भ्रमणअघि गाजामा भीषण ब*म*बारी, कतारको चेतावनी || Nepal Times

00:17:00

World News: लण्डनदेखि टोरोन्टोसम्म लाखौं आप्रवासी सडकमा,चीन–फिलिपिन्सबीच विवाद बढ्यो || Nepal Times

00:20:16

World News: इजरेली आमाले गाजामा छोरा नपठाउने, मोदीको एआई भिडियोले बबाल || Nepal Times

00:18:42

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

जंगी अड्डा भित्र सुशीला, बाहिर समर्थनसँगै विरोध

छानबिन गर्न ३ दलले मानेनन्, सर्त नमाने सुशीला प्रधानमन्त्री नबन्ने

शुक्रबार भदौ २७ , २०८२
जंगी अड्डा भित्र सुशीला, बाहिर समर्थनसँगै विरोध

सुशीला प्रधानमन्त्री ? उनका सारथि को–को हुनुपर्छ ?

शुक्रबार भदौ २७ , २०८२
हजुरबाले सम्पत्ति जोडे,रवि कसरी कसुरदार ?

रवि कारागार फर्किने, कसले भगाएका थिए ? पत्र नक्कली ?

शनिबार भदौ २८ , २०८२

हालका पोस्टहरू

आन्दोलनको बहानामा एकै बैंकबाट १८ किलो सुन र ५ करोड चोरी

आन्दोलनको बहानामा एकै बैंकबाट १८ किलो सुन र ५ करोड चोरी

बुधबार अशोज १ , २०८२
प्रचण्डलाई बालेनको व्यंग्यःएकादेशमा टिकटक पनि बन्द भएको थियो

जेनजी आन्दोलनसंग जोडिएका क–कसले पाउँछन् राहत ? के छ प्रक्रिया ?

बुधबार अशोज १ , २०८२
जेनजी विद्रोहमा प्रतिक बनेको ‘वान पिस जोली रोजर’

जेनजी विद्रोहमा प्रतिक बनेको ‘वान पिस जोली रोजर’

बुधबार अशोज १ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.