पत्रकारको अकाउन्ट बन्द गरेपछि ट्विटरको चौतर्फी आलोचना

२ पौष,एजेन्सी ।
पत्रकारहरुको अकाउन्ट निलम्बन गर्ने ट्विटरको कदमको चौतर्फी विरोध भएको छ । न्युयोर्क टाइम्स, सीएनएन र वासिङ्टन पोष्ट लगायत ठूला अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका पत्रकारहरुको अकाउन्ट ट्विटर कम्पनीले निलम्बन गरिदिएको छ । यो कदमको युरोपेली युनियन र संयुक्त राष्ट्र सङ्घले विरोध गरेका छन् ।

संयुक्त राष्ट्र सङ्घले मिडिया र पत्रकारलाई खेलौना नसम्झन र स्वतन्त्रताको सम्मान गर्न आग्रह गरेको छ । संयुक्त राष्ट्र सङ्घका उपसचिव मेलिसा फ्लेमिङले ट्विटरले आफूलाई आलोचना गरेर समाचार लेखेकै भरमा अकाउन्ट नै निलम्बन गरिनु खेदजनक कार्य भएको बताएकी छिन् ।

स्वतन्त्र प्रेस लोकतान्त्रिक समाजको आधारशिला र विकृति विरुद्धको लडाइँको एक प्रमुख उपकरण भएकाले यसलाई सम्मान गर्न उनले आग्रह गरेकी छिन् । युरोपेली युनियनले भने ट्विटरमाथि प्रतिबन्धको धम्की दिएको छ । शुक्रबार युरोपेली युनियन कमिसनरले ट्विटरलाई युरोपको नयाँ डिजिटल सेवा ऐन अन्तर्गत प्रतिबन्ध लगाउने चेतावनी दिएका थिए ।

Advertisement

उनले यस ऐनअन्तर्गत ‘मिडियाको स्वतन्त्रता र आधारभूत अधिकारको सम्मान आवश्यक’ रहेको बताए । उनले भने, ‘एलोन मस्कलाई यसको बारेमा थाहा हुनुपर्छ।’ मस्कले यसको घुमाउरो जवाफ दिँदै भनेका छन्, ‘दिनभर मेरो आलोचना गर्नु एकदमै राम्रो हो तर मेरो वास्तविक स्थानको बारेमा बताउन र मेरो परिवारलाई खतरामा पार्नु ठीक होइन। ’ लाइभ लोकेसनमा ‘डक्सिङ’ गर्नु ‘भौतिक सुरक्षा उल्लङ्घन’ भएको मानिने बताउँदै ट्वीटर प्रयोगकर्तालाई मस्कले यस्तो काम नगर्न आग्रह गरेका छन् ।

सामान्यतया इन्टरनेट मार्फत सार्वजनिक रूपमा एक व्यक्ति वा संस्थाको बारेमा व्यक्तिगत रूपमा पहिचान योग्य जानकारी प्रदान गर्ने कार्य ‘डक्सिङ’ हो र यसबाट भौतिक सुरक्षा उल्लङ्घन’ हुने मस्कको तर्क छ । उनले ‘माइक्रोब्लगिङ साइट’मा साइबर सुरक्षा बढाउनुपर्ने आफ्नो अडान स्पष्ट पार्दै प्रयोगकर्तासँग उक्त आग्रह गरेका छन् ।

‘माइक्रोब्लग’ भनेको छोटो रूपमा सामाजिक सञ्जालमार्फत सम्प्रेषण हुने सन्देश हो । यसले प्रयोगकर्ताहरूलाई एकल वाक्यहरू, व्यक्तिगत छविहरू, वा भिडियो लिङ्कहरू जस्ता सामग्रीका साना अंशहरू आदानप्रदान गर्न अनुमति दिन्छ ।

मस्कले आफ्नो आधिकारिक ट्विटर ह्यान्डलमा भनेका छन्, ‘डक्सिङमा संलग्न एकाउन्टहरू अर्थात् विशेष गरी वास्तविक समय स्थानहरूका सार्वजनिक रूपमा पहिचान–सम्बन्धित जानकारी पोस्ट गर्ने प्रयोगकर्तालाई दण्डित गरिनेछ ।’

‘कुनै पनि एकाउन्टले कसैको बारेमा वास्तविक–समय स्थानबारे जानकारी दिएमा उसको एकाउन्टलाई रोक्का गरिनेछ, किनकि यो भौतिक सुरक्षा उल्लङ्घन हो । यसमा वास्तविक समय र स्थानबारेमा आउने जानकारी भएका साइटहरूको पोस्ट लिङ्क गर्नु पनि समावेश रहनेछ,’ उनले भने । अघिल्लो महिना ४४ अर्ब डलरमा ट्विटर खरिद गरेपछि उनी विवादमा तानिँदै आएका छन् ।

भर्खरको समाचार

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

सम्बन्धित समाचार

Scroll to Top