×

NEPAL TIMES UPDATES

Playing
संसद्मा दुईतिहाइ हुँदा शासन किन अध्यादेशबाट ? || Nepal Times
Apr 29, 2026
Playing
कर्मचारीका दुई सन्तानलाई सरकारले स्नातकसम्म पढाइदिने || Nepal Times
Apr 29, 2026
Playing
मेटाले चीनको मानुस किन्न खोज्दा बेजिंगले किन रोक्यो ?|| Nepal Times
Apr 29, 2026
Playing
युएईले ६० वर्षपछि छाड्यो ओपेक र ओपेक+,के अब तेलको मूल्य घट्नेछ ?|| Nepal Times
Apr 29, 2026
Playing
कोशीमा पनि सुकुम्बासी व्यवस्थापन गरिने, भत्काउनु अघि पहिचान गर्ने|| Nepal Times
Apr 29, 2026
Playing
आज भी*षण हा*वाहुरी, देशभर चट्या*ङसहित पानी पर्ने, यी प्रदेशमा ‘भारी वर्षा’|| Nepal Times
Apr 29, 2026
Playing
सवारी इन्धनका नाममा ब्रम्हलुट,खरानी भएका गाडीका नाममा इन्धन लिए|| Nepal Times
Apr 28, 2026
Playing
काँधमा दिदीको कंकाल बोकेर बैंक पुगे भाइ, ओडिशामा बबाल || Nepal Times
Apr 28, 2026
Playing
१४ जिल्लामा घरदैलोमै राहदानी र लाइसेन्स वितरण सुरु|| Nepal Times
Apr 28, 2026
Playing
Watch Top50 News Of The Day || Baishak-15-2083 || Nepal Times
Apr 28, 2026

भारतमा परमाणु प्रहार गर्ने पाकिस्तानी मन्त्रीको धम्की

३ पौष ,एजेन्सी ।
पाकिस्तानकी मन्त्री शाजिया मर्रीले भारतलाई परमाणु बम प्रहार गर्ने धम्की दिएकी छन्। उनले पाकिस्तानको न्यूक्लियर स्टाटस मौन बस्नका लागि नभएको चेतावनी दिएकी छन्। समाचार एजेन्सी एएनआईका अनुसार पाकिस्तान पिपल्स पार्टीकी नेता शाजिया मर्रीले एक पत्रकार सम्मेलनमा उक्त धम्की दिएकी हुन्। शाजियाले भनेकी छन्, ‘भारतले यो भूल्नु हुँदैन कि हामीसँग परमाणु बम छन्।

हाम्रो न्यूक्लियर स्टाटस मौन रहनका लागि होइन। आवश्यक पर्दा हामी पछि हट्दैनौं।’ उनले भारतका मन्त्री कुनै पनि फोरममा मोदी सरकारप्रति अन्धभक्त भएको भन्दै आलोचना गरेकी छन्। उनले अघि भनेकी छन्, ‘भारतका कोही मन्त्री कुनै पनि फोरममा मोदी सरकारसँग यति अन्धभक्त हुन्छन् र पाकिस्तान एक न्यूक्लियर मुलुक हो भन्ने बिर्सन्छन् भने त्यो उनीहरुको गल्ती हो।’

Advertisement
Advertisement

उनले कैयौं फोरममा मोदी सरकारले पठाएका अजेण्डाको डटेर सामना गरेको भन्दै यूएनको बैठकमा पाकिस्तानलाई आतंकको केन्द्र भनेर आरोप लगाउनु ठूलो भूल भएको बताइन्। यद्यपी शाजियाले आफ्नो बयानपछि एएनआईको खबरलाई रिट्विट गर्दै लेखेकी छन्, ‘पाकिस्तान एक जिम्मेवार न्यूक्लियर देश हो। भारतीय मिडियामा केही कुरालाई हंगामा मच्चाउन कोशिस गरिरहेका छन्।’

पाकिस्तानका विदेशमन्त्रीले भारतीय मन्त्रीको भड्काउने बयानको प्रतिक्रिया दिएका थिए। आतंकवादका साथ लडाइँमा पाकिस्तानले भारतभन्दा धेरै गुमाएको उनले बताएकी छन्। मोदी सरकार अतिवाद र फाँसीवादलाई जोड दिने गरेको उनले आरोप लगाएकी छन्। शाजियाको यो बयान पाकिस्तानका विदेशमन्त्री बिलावल भुट्टोले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई लिएर दिएको विवादित बयानपछि आएको हो।

उनले भुट्टोको बयानलाई समर्थनसमेत गरेकी छन्। बिलावल भुट्टोले भनेका थिए, ‘ओसामा बिन लादेन मरिसकेका छन्। तर ‘बुचर अफ गुजरात’ जिउँदै छन्। र उनी भारतका प्रधानमन्त्री छन्। जबसम्म उनी प्रधानमन्त्री बनेका थिएनन्, तबसम्म उनलाई अमेरिका जान प्रतिबन्ध थियो।’ यो बयानपछि भारतमा कडा विरोध गरिएको छ। बीजेपीले पाकिस्तानी दूतावास अगाडि प्रदर्शनसमेत गरेको छ।

यसअघि संयुक्त राष्ट्रसंघमा भारतका विदेशमन्त्री एस जयशंकरले पाकिस्तानलाई आतंकवादको केन्द्र बताउँदै आलोचना गरेका थिए। भारतीय विदेश मन्त्रालयले बिलाबल भुट्टोको बयानको जवाफमा भनेको छ, ‘पाकिस्तानको हिसाबमा पनि यो बयान निकै तल्लोस्तरको हो।

Advertisement

पाकिस्तानमा अल्पसंख्यकप्रतिको रवैयामा कुनै बदलाव आएको छैन। उसलाई भारतप्रति लान्छना लगाउने कुनै अधिकार छैन।’ भारत र पाकिस्तान विवादित काश्मिरका कारण वर्षाैदेखि चिरप्रतिद्धन्दी रहेका छन् । समय समयमा दुई देशको सीमामा गोली हानाहान हुँदै आएको छ भने भारतीय भूमिमा हुने आतंकवादी आक्रमणमा भारतले पाकिस्तानको नाम मुछ्ने गरेको छ ।

भर्खरको समाचार

सुदनमाथि अर्काे अन्याय

sudhangurung30320261029351000x0-1775222839

विराटनगर जुटमिलमा डोजर चल्ने,१४ बिगाहा अतिक्रमण, ६ सय परिवार हटाइने

brt-jute-mill-2_1516020317t

सुदूरपश्चिमदेखि कोशीसम्म आज रातभर तीव्र हावाहुरी चल्ने

mausam-2075-12-18-768x388

नेपाली सेनाले सुकुम्बासी बस्तीको विवरण किन खोज्यो ?

Balen and Harka_NPL (11)

के साँच्चै बादल चोर्न सम्भव छ? प्रकृतिको प्रकोप कि राजनीतिक अस्त्र?

1607456110344

अध्यादेशविरुद्ध विपक्षीहरूको बैठक, रास्वपामै मतभेद

df93fd9b-df47-4fa2-9f70-d8b50432f5cb

दलित समुदायमाथि रविले माफी माग्दा प्रधानमन्त्री किन मौन ?

666707698_875077882223921_4422618132601218086_n

‘ह्वाइट हाउस डिनर’मा गोली हान्ने क्यालिफोर्नियाली को हुन् ? साथमा कयौं घातक हतियार

eebb4468-119e-42bc-9135-abb6b94462f9

मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर

682026474_962849683001716_8477909946003259605_n

आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षा

mausam-2075-12-18-768x388

सम्बन्धित खबरहरु

Scroll to Top