×

NEPAL TIMES UPDATES

Playing
प्रहरी मारिएकोदेखि न्यायालय जलाइएको वर्ष २०८२ || Nepal Times
Apr 14, 2026
Playing
Top 15 Afternoon News || April-14-2026 || Nepal Times
Apr 14, 2026
Playing
इरानी सेनाको समर्थनमा सडकमा उत्रिए जनता, पुटिनले दिए साथ || Nepal Times
Apr 14, 2026
Playing
Iranले ५ वर्ष आणविक परियोजना रोक्ने, America भन्छ २० वर्ष || Nepal Times
Apr 14, 2026
Playing
पोप लियोलाई गा ली गरेपछि Trump ‘यशु’ बने.... || Nepal Times
Apr 14, 2026
Playing
शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छैन् कुनै डर|| Nepal Times
Apr 14, 2026
Playing
आफ्नै रौद्र रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्व*स्त’ पारिदिने|| Nepal Times
Apr 14, 2026
Playing
नयाँ वर्ष २०८३ को हार्दिक शुभकामना,नयाँ सुरुआतको ढोका खुल्यो || Nepal Times
Apr 14, 2026
Playing
अब सबैभन्दा ठूलो मुश्लिम देशमा पनि ट्रम्पको दबदबा || Nepal Times
Apr 13, 2026
Playing
सिंहदरबार छिरे कलाकारःबालेन प्रधानमन्त्री, सुधन गृहमन्त्री बनेको वर्ष || Nepal Times
Apr 13, 2026

कतारमा ज्यान गुमाउने नेपालीका परिवारलाई मिस वल्र्डले सघाउने

४ पौष ,एजेन्सी ।

साविक विजेता फ्रान्सलाई हराउँदै अर्जेन्टिनाले तेस्रो पटक उपाधि उचालेसंगै कतार विश्वकप २०२२ आइतबार सम्पन्न भएको छ । कतारमा भएको यो विश्वकप अहिलेसम्मकै उत्कृष्ट प्रतियोगिता बनेको फिफाको दाबी छ । फाइनल खेलको एक दिनअघि शुक्रबार आयोजित पत्रकार सम्मेलनमा फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले कतार विश्वकपलाई अहिलेसम्मको सर्वश्रेष्ठ भन्दै प्रशंसा गरेका थिए ।

Advertisement
Advertisement

तर यो विश्वकपका लागि १२ वर्षदेखि कतारले विभिन्न पूर्वाधार निर्माणका क्रममा श्रमिकहरुमाथि शोषण र ज्यादती भएको, कतारले आप्रवासी श्रमिकको चिहानमाथि प्रतियोगिता गराएको भन्दै अर्कोतर्फ आलोचना र विरोधहरु पनि भइरहेका छन् । कतारमा विश्वकप फुटबलको पूर्वाधार बनाउन करिब ५ लाख नेपालीले पनि श्रम गरेका छन् ।

त्यस क्रममा १ हजार ८ सयभन्दा बढी नेपालीको मृत्यु भएको छ । तर मृतकका परिवारले कतार सरकारबाट क्षतिपूर्ति पाएका छैनन् । अन्तर्राष्ट्रिय समुदायबाट दबाब हुँदा पनि कतार सरकार मौन छ । यति धेरै श्रमिकको मृत्यु हुँदा पनि कतार सरकारले कुनै प्रतिक्रिया जनाएको छैन ।

न त नेपाल सरकारले नै आफ्ना नागरिकलाई क्षतिपूर्ति दिलाउन कूटनीतिक पहल नै गरेको छ । तर यसैबीच आशाको सानै भएपनि दियो बलेको छ । कतारमा विश्वकप फुटबलका लागि रंगशाला निर्माण गर्ने क्रममा ज्यान गुमाउने नेपालसहित अन्य मुलुकका आप्रवासी कामदारको परिवारलाई विश्वसुन्दरी प्रतियोगिताले सहयोग गर्ने भएको छ ।

मिस वर्ल्डका सहअध्यक्ष दीपेन्द्र गुरुङले संस्थाको सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रम अन्तर्गत कतारमा रंगशाला निर्माणका क्रममा ज्यान गुमाउने एक हजारभन्दा बढी नेपाली कामदारका परिवारलाई सघाउने बताएका हुन् ।

विश्वकपको फाइनल खेल हेर्न दोहा पुगेका उनले इन्स्टाग्राम पोस्टमार्फत मिस वर्ल्डको आगामी ७१ औं संस्करणको ब्युटी विथ पर्पस कार्यक्रममार्फत मृतक कामदारका बालबच्चा, विधवा र बाबुआमालाई सम्बोधन गरिने जनाएका छन् ।

ब्युटी विथ पर्पस परियोजना विश्वसुन्दरी प्रतियोगिताको महत्वपूर्ण सबटाइटल तथा सामाजिक कार्यक्रम हो । यो परियोजना अन्तर्गत रहेर विश्वसुन्दरी प्रतियोगिताका प्रतिस्पर्धीले सामाजिक कार्य गर्दै आएका छन् । रंगशाला निर्माणमा खटिएका नेपालसहित भारत, पाकिस्तान, बंगलादेश र फिलिपिन्सका आप्रवासी कामदारका परिवारलाई सघाउने उनले जनाएका छन् ।

‘ज्यान गुमाउने कामदारप्रति नेपाल सहानुभूति व्यक्त गर्छ,’ उनले उल्लेख गरेका छन् । सहअध्यक्ष गुरुङले उक्त पोस्टमा रंगशाला र नेपालको राष्ट्रिय झण्डाको तस्वीर पनि प्रस्तुत गरेका छन् । गुरुङले सन् २०२३ को विश्वसुन्दरी प्रतियोगिताको संस्करणबाट औपचारिक रुपमा मिस वल्र्डको सहअध्यक्षको रुपमा जिम्मेवारी सम्हाल्दैछन् ।

नेपालसहित विभिन्न मुलुकका श्रमिकलाई न्याय दिन विश्वभरबाट आवाज उठिरहेको छ । अहिले पनि एमनेस्टी इन्टरनेसनल लगायतका मानवअधिकारवादी संस्थाले कतारलाई मात्र नभएर विश्व फुटबलको सर्वोच्च निकाय फिफालाई समेत दबाब दिइरहेका छन् । उनीहरूले नेपाल सरकारलाई पनि कूटनीतिक पहल गर्न घचघच्याउँदै आएका छन् ।

Advertisement

भर्खरको समाचार

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

सम्बन्धित खबरहरु

Scroll to Top