×

NEPAL TIMES UPDATES

Playing
इ*रान यु*द्ध बन्यो खाडी मुलुकहरूको दुःस्वप्न|| Nepal Times
Apr 09, 2026
Playing
उपसभामुखका लागि रास्वपामा बालेन हाबी ?राप्रपालाई कसले दियो ’धोका’ ? || Nepal Times
Apr 09, 2026
Playing
एमालेमा महाभारत, नेतृत्व हत्याउन ’शीतयुद्ध’, ओलीले के गर्लान् ? || Nepal Times
Apr 09, 2026
Playing
हाइप्रोफाइलमा बालेन र सुदनले ल्याए भूकम्प,कसकसको हुँदैछ सम्पत्ति छानविन ? || Nepal Times
Apr 09, 2026
Playing
बाबु मजदुरी गर्न खाडीमा, छोरी नेपालमा सांसदपछि उपसभामुख || Nepal Times
Apr 09, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-26-2082 || Nepal Times
Apr 09, 2026
Playing
अमेरिका र इजरेलसंगको ४० दिने य द्ध ले बदलियो सन्तुलन || Nepal Times
Apr 09, 2026
Playing
यसकारण बालेनले पदमुक्त गराए श्रममन्त्री दीपककुमार साह || Nepal Times
Apr 09, 2026
Playing
संविधान संशोधनमा बालेन सरकारको पहल ः सहमति कि जटिल? || Nepal Times
Apr 09, 2026
Playing
कसरी जारी हुन्छ रेड नोटिस ? || Nepal Times
Apr 09, 2026

विश्वकपको हारपछि बेन्जिमा भावुक, लिए सन्यास

५ पौष, एजेन्सी ।
फ्रान्सका फरवार्ड करिम बेन्जेमाले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् । सोमबार बेन्जेमाले अन्तर्राष्ट्रिय खेल जीवनबाट सन्न्यास लिएका हुन् । ३५ वर्षीय बेन्जेमाले चोटकै कारण विश्वकप फुटबल गुमाएका थिए । विश्वकपको फाइनलमा अर्जेन्टिनासँग पेनाल्टी सुटआउटमा ४–२ गोलले पराजित भएसँगै फ्रान्सले तेस्रो पटक विश्वकप फुटबलको उपाधि जित्न सकेन ।

बेन्जेमाले विश्वकपमा आफ्नो टोली पराजित भएको एक दिनपछि सन्यासको घोषणा गरेका हुन् । सो दिन उनको जन्मदिन पनि रहेको थियो । बेन्जेमा फ्रान्सका लागि ९७ क्याप जित्दा ३७ अन्तर्राष्ट्रिय गोलसहित फ्रान्सको सर्वकालीन गोलकर्ताको सूचीमा पाँचौं स्थानमा रहेका छन् ।

Advertisement

बेन्जेमाले २००६ मा राष्ट्रिय टिममा डेब्यू गरेका थिए । अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिए पनि क्लब फुटबल भने उनले खेल्नेछन् । ब्ल्याकमेलिङ काण्डमा फसेपछि उनी २०१६ देखि २०२१ सम्म अर्थात झन्डै ५ वर्ष प्रतिबन्धित भएको थिए । सोमबार सन्न्यासको घोषणा गर्दै उनले भावुक ट्वीट गरेका छन्, ‘मैले प्रयास र गल्तीहरू गरे जुन आज म यो स्थानमा छु र मलाई गर्व छ ।’ ‘मैले मेरो कथा लेखेको छु र हाम्रो अन्त्य हुँदैछ ।’

 

उनी युरो २००८ र २०१० को विश्वकप टोलीमा थिए । तर, फ्रान्स समूह चरणबाट बाहिरिएको थियो । स्पेनिस क्लब रियल म्याड्रिडका स्टार २०१० को विश्वकपबाट विवादास्पद रूपमा बाहिरिए तर चाँडै नै नयाँ प्रबन्धक लरेन्ट ब्लान्को नेतृत्वमा टोलीमा पूनरागमन गरेका थिए । फ्रान्स यूरो २०१२ र २०१४ को विवकपमा क्वाटरफाइनलबाट बाहिरिदा पनि उनी टोलीका सदस्य थिए ।

 

युरो २०१६ मा उनलाई छनोट नगरेपछि उनले फ्रान्सेली फुटबल महासंघ र प्रशिक्षक डिडियर डेसच्याम्प्समाथि प्रहार गरेका थिए । जहाँ फ्रान्स फाइनलमा अतिरिक्त समयमा पोर्चुगलसँग १–० पराजित भएको थियो । बेन्जेमा पाँच वर्षपछि गत वर्षको युरो २०२० मा फर्किएका थिए, जहाँ उनले फ्रान्सलाई पेनाल्टीमा स्विट्जरल्याण्डबाट आउट गर्नुअघि ४ खेलमा ४ गोल गरेका थिए ।

त्यसपछि, उनले फ्रान्ससँग नेसन्स लिग जिते र उनीहरूलाई २०२२ को विश्वकपका लागि सजिलैसँग क्वालिफाई गर्न मद्दत गरे । ३५ वर्षिय बेन्जेमाले नेसन्स लिगको दोस्रो लेगमा डेनमार्कविरुद्ध गत जुनमा खेलेको खेल नै अन्तिम बनेको छ ।

Advertisement

भर्खरको समाचार

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

सम्बन्धित खबरहरु

Scroll to Top