×

NEPAL TIMES UPDATES

Playing
लिपुलेक बारे चीन के भन्छ ? सीले ओलीसँग के भनेका थिए ? || Nepal Times
May 23, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
May 23, 2026
Playing
गल्फ खेल्दाखेल्दै अचानक ह्वाइट हाउस फर्किए ट्रम्प, हम लाको तयारी ? || Nepal Times
May 23, 2026
Playing
इरानी एयरस्पेस बन्द, इजरेलभर साइरन, व्हाइट हाउसमा छुट्टी रद्द|| Nepal Times
May 23, 2026
Playing
सम्बन्ध सुधार हुने ठानिएको परराष्ट्रमन्त्रीको दिल्ली भ्रमण स्थगित|| Nepal Times
May 23, 2026
Playing
World News: ७०० किलोको ‘डोनाल्ड ट्रम्प’को कु र्बानी, Iranले Israelमा हम*ला गर्ने || Nepal Times
May 23, 2026
Playing
जेठ १५ देखि ‘लगेज ट्याग प्रणाली’ लागू|| Nepal Times
May 23, 2026
Playing
बारामा बैठकबाटै लखेटिए रास्वपाका सांसदहरु, प्रहरीले ग¥यो उद्धार|| Nepal Times
May 23, 2026
Playing
भारतपछि पाकिस्‍तानमा पनि चल्यो कक्रोच अभियान|| Nepal Times
May 23, 2026
Playing
Top 15 Afternoon News || May-23-2026 || Nepal Times
May 23, 2026

कहाँ चुके देउवा ? को हो दोषी ?

११ पुष २०७९

११ पौष, काठमाण्डौ ।
भनिन्छ नि भाग्यमा छ भन्दैमा डोकामा दुध दोएर अडिदैन् । अनि भाग्यमै मात्रै भर पर्ने हो भने मुखमा आएको बाली पनि अर्केले खाइदिन्छ । भाग्य र वास्तविक जीवनका यी जनश्रुतिहरुसँग अहिले नेपालको राजनीति र प्रधानमन्त्रीबाट शेरबहादुर देउवाको बर्गिमन जोडिएको विश्लेषण गरिएको छ ।

आइतबार दिनभर भएको राजनीतिक दौडधुपले गर्दा नेपाली कांग्रेस प्रतिपक्षमा पुगेको छ। ८ वटा सरकारमा पुग्नु पर्ने काग्रेस प्रतिपक्षमा पुग्ने भएको छ । एमाले र माओवादी केन्द्रसहित सात ओटा दलहरुहरुको बीचमा भएको सहमति अनुरुप प्रस्तुत दाबी अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले माओवादी केन्द्रका अध्यक्ष र संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डलाई नयाँ प्रधानमन्त्रीमा नियुक्त गरेकी छन्।

Advertisement
Advertisement

मंसिर ४ को निर्वाचनमा सबैभन्दा ठूलो दल भएको नेपाली काग्रेस अन्तिममा सुझबुझ देखाउन नसक्दा नयाँ सरकार बनाउनबाट वञ्चित भएको छ। प्रधानमन्त्रीमा दोहोरिने प्रयत्नमा रहेका शेरबहादुर देउवा पनि मुखमै आएको पद गुमाउन बाध्य भएका छन्।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भने आइतबार बिहान बालुवाटारमा भएको छलफलमा देउवाले आफूहरुबीचको सहमति पालना नगरेको भन्दै गठबन्धन टुटेको प्रष्ट पारेका थिए। त्यसपछि उनी एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोट हानिएका थिए।

प्रचण्डलाई धोका भएको काग्रेसका वरिष्ण नेता रामचन्द्र पौडेलले पनि स्वीकार गरेका छन् । प्रचण्डको पहिलो प्रधानमन्त्री बन्ने अडान र देउवाको नछाड्ने अड्डीले काग्रेसको हातबाट सबैथोक खोसिएको छ । प्रचण्डको सत्तारोहणसँगै आफ्नो कार्यकाल लम्ब्याउन चाहेका देउवालाई धक्का लागेको छ ।

अहिले देउवाको दूतको रुपमा पछिल्लो समयमा संवादमा खटिएका नेताहरु बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की, प्रकाशशरण महत र पार्टी उपसभापति पूर्णबहादुर खड्कामाथि पार्टी भित्रबाटै प्रश्न उठाइएको छ । देउवा गठबन्धनलाई अगाडि पनि बढाउने तर प्रधानमन्त्री र राष्ट्रपति दुवै पद कांग्रेससँगै राख्ने रणनीतिमा थिए।

जसप्रति माओवादी सुरुदेखि असहमत थियो। कांग्रेस र खासगरी देउवा र उनको पक्षको विश्लेषण थियो कि माओवादीलाई एमालेले साथ दिँदैन। त्यसो भएमा माओवादीसँग विकल्प हुँदैन। तर उनले नसोचेको भईदियो । पर्ख र हेरको रणनीतिमा रहेको एमालेले प्रचण्डलाई प्रधानमन्त्री स्वीकार गर्न केही घण्टा पनि लगाएन । आइतबारको राजनीतिक उछलकुदमा कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा कतै देखिएनन्।

Advertisement

आफ्नै गुटका वरिपरि घेरिएका देउवाले बाहिरी चालको पत्तै पाएनन् । बालुवाटार स्रोतका अनुसार, सभापति देउवाले आफ्नो ’कोर समूह’ बाहेकका अन्य नेताहरुलाई पछिल्लो समयमा परिचालन गरेका थिएनन्। सत्तारोहण नजिएको भन्दै उत्साहित ती नेताहरुकै भर पर्दा देउवाले ठीक रणनीति बनाउन नसकेको कांग्रेस नेताहरुकै दावी छ ।

Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top