विश्व कीर्तिमान राख्न वक्तव्य शुरु

१० भदौ ७५, सोमबार

काठमाडौँ, भदौ ११
नुवाकोट शिवपुरी गाउँपालिका–१ का अनन्तराम केसीले विश्वको सबैभन्दा लामो वक्तव्य राखेर विश्व कीर्तिमान राख्ने काम शुरु गरेका छन् ।केसीले गिनिज बुक अफ वल्र्ड रेकर्डमा आफ्नो नाम राख्नका लागि आज बिहान ६ बजेदेखि वक्तव्य दिन शुरु गरेका हुन् । उनले गोकर्णेश्वर नगरपालिका–५ जोरपाटीस्थित इष्टपोल स्कूलमा वक्तव्य राख्न शुरु गरेका हुन् ।

Advertisement

राष्ट्रिय गौरवसँग जोडिएको यो अभियानलाई पूरा गर्न केसीले उभिएर तथा बसेर वक्तव्य दिने अभियानका मिडिया संयोजक निर्मल अर्यालले जानकारी दिए ।नेपालको ७७ वटै जिल्ला र भारतको छ प्रान्त गरी १२ हजार ५०० किलोमिटर पैदलयात्रा गरिसकेका केसी एक आध्यात्मिक साधक हुन् । केसीले २१ दिन जल उपबास र छ महिना मौन ध्यान साधना पूरा गरिसकेका छन् ।

यसअघि ८० घण्टा लगातार वक्तव्य दिएर पनि प्राविधिक कारणले गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाउन नसकेका उनले विश्व रेकर्ड राख्ने अभियानका अनुसार आजदेखि वक्तव्य राख्न शुरु गरेका हुन् ।विश्वको सबैभन्दा लामो ८१ घण्टा १६ मिनेट बोलेर भारत केरेलाका केपी भाल साराजानले गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम दर्ता गराएका छन् ।
रासस

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top