गृहमन्त्री बन्नासाथ एक्सनमा उत्रिए रवि ,निजी सुरक्षाका सुरक्षाकर्मी फिर्ता

गृहमन्त्री बन्नासाथ एक्सनमा उत्रिए रवि ,निजी सुरक्षाका सुरक्षाकर्मी फिर्ता

१२ पौष ,काठमाण्डौ ।
गृह मन्त्रालयले विशिष्ट व्यक्तिहरुको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७ विपरीत निजी सुरक्षामा तैनाथ सबै सुरक्षाकर्मी ४८ घण्टाभित्र फर्काउन निर्देशन दिएको छ । रवि लामिछाने गृहमन्त्री भएलगत्तै नेता र उच्च पदस्थहरुको निजी सुरक्षामा खटाइएका सबै सुरक्षाकर्मी फिर्ता गर्न गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितका निकायलाई निर्देशन दिएका हुन् ।

सरकारले विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापन प्रभावकारी, व्यवस्थित र परिणाममुखी बनाउन उक्त कार्यविधि जारी गरे पनि त्यसविपरीत सुरक्षाकर्मी तैनाथ गरिएको छ । यस्तोमा गृहले मातहत निकायलाई कडा निर्देशन दिएको हो ।

’उक्त कार्यविधिमा तोकिएअनुसारका बहालवाला तथा पूर्व कर्मचारी÷सुरक्षाकर्मीले व्यक्तिगत सुरक्षाकर्मीको सुविधा पाउने व्यवस्था रहेको छ’, पोखरेलले भनेका छन्, ’उक्त कार्यविधिमा व्यवस्था गरिएकोभन्दा विपरीत सेवा सुविधा लगायत व्यक्तिगत सुरक्षाकर्मी, सहयोगी राखेको भए ४८ घण्टाभित्र फिर्ता गर्न मातहत सुरक्षा निकायलाई निर्देशन गरी सकिएको हुँदा उक्त कार्यविधि पालना गर्न सहयोग गरदिनुहुन सबैमा अनुरोध छ।’

विशिष्ठ व्यक्तिहरुको सुरक्षा व्यवस्थापन कार्यविधि २०७७ अनुसार बहालवाला तथा पूर्व निश्चित पदाधिकारीहरुलाई मात्रै सेना, प्रहरी र सशस्त्रका अंगरक्षक, सवारी, इन्धनसहितको सुविधा तोकिएको छ तर सत्ता र शक्ति रहेकाले पहुँचका आधारमा कार्यविधि मिचेर यस्तो सुविधा दुरुपयोग गर्दै आएका छन् । प्रहरी र सशस्त्रका सुरक्षाकर्मी दुरुपयोग गर्ने गृहमन्त्रालयका कर्मचारी पनि संलग्न रहेका छन् । गृहका कर्मचारीले कार्यविधिले निश्चित गरेको मापदण्ड विपरीत अंगरक्षक र चालक लिने गरेका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.