नेता र राजदूत भेट्न सुरक्षा अधिकारीले अनुमति लिनु पर्ने

१३ पुस ७९, बिहीबार

१४ पौष, काठमाण्डौ ।
सरकारले सुरक्षानिकायका अधिकारीहरुलाई दलका नेताहरु तथा राजदूतहरुलाई आफूखुसी भेट्न रोक लगाएको छ । आफ्नो कामको सिलसिला बाहिर गएर भेट्दा पनि अब सुरक्षा निकायका अधिकारीहरुले अनिवार्य विभागीय स्वीकृति लिनुपर्ने भएको हो ।

गृहमन्त्रालयले बिहीबार एक सूचना जारी गरेर कूटनीतिक निकायका अधिकारी, दलका कार्यालयमा जान र नेताहरुलाई भेट्न कारण खुलाएर स्वीकृति लिनुपर्ने नियम ल्याएको हो । गृह मन्त्रालयका प्रवक्ता सहसचिव फणिन्द्रमणि पोखरेलले कसैलाई भेट्नुपरे अनिवार्य विभागीय स्वीकृति आवश्यक पर्ने जनाउँदै एक वक्तव्य निकालेका छन् ।

सरकारको निर्देशनविपरीत पूर्वस्वीकृति नलिइ यसरी कूटनीतिक निकायका अधिकारी र दलका नेताहरुलाई भेटेमा कारबाही हुने चेतावनी गृहले दिएको छ । गृहले यो नियमको प्रभावकारी अनुगमन गर्न पनि भनेको छ । यो अनुगमन र निगरानीको व्यवस्था सम्बन्धित संगठन प्रमुखहरुले गर्नुपर्ने भएको छ ।

विज्ञप्तिमा भनिएको छ, ’शान्ति सुरक्षा तथा अमनचयन कायम गर्ने प्रमुख जिम्मेवारी भएको सुरक्षा निकायका कतिपय पदाधिकारीहरू कर्तव्य पालनाको सिलसिलामा बाहेक पनि विभिन्न कूटनीतिक नियोग, राजनीतिक नेतृत्वसँग भेटघाट गर्ने गरेको बुझिन आएको हुँदा सुरक्षाकर्मी पदाधिकारीहरूले कूटनीतिक नियोग, विभिन्न राजनीतिक दलका कार्यालय वा नेतृत्वसँग भेटघाट गर्नुपर्ने भएमा स्पष्ट प्रयोजन साथ विभागीय स्वीकृति लिएर मात्र गर्नु गराउनु हुन तथा सोको प्रभावकारी कार्यान्वयन तथा अनुगमन सम्बन्धित संगठन प्रमुखले मिलाउन हुन अनुरोध छ । साथै यस निर्देशनविपरीत कार्य गरे÷गराएको पाइएमा प्रचलित कानुनबमोजिम अनुशासनसम्बन्धी कारबाही हुने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ ।’

यसअघि सरूवा बढुवादेखि संवैधानिक निकायमा नियुक्तिका लागि सुरक्षाअधिकारीहरु दलका नेताका घरदैलोमै धाउने गरेका थिए । केही सुरक्षा अधिकारीहरु काठमाडौंस्थित कूटनीतिक निकायमा पुग्दा विवाद हुने गरेको थियो । तर गृहमन्त्रीमा रवि लामिछाने आएसँगै सुरक्षाअधिकारीहरुको आफूखुसी भेटघाटमा लगाम कस्न थालेका हुन् ।

उनी मन्त्री भएपछि केही सुरक्षा अधिकारीहरु उनलाई बधाई दिन मन्त्रालय पुगेका थिए । गृह मातहतमा अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरी रहेका छन् । राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालयमा लगिएको छ । नेपाली सेना रक्षामन्त्रालय मातहत छ ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top