×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

सप्तरीको हनुमाननगर कंकालिनी बाट ८१० केजी गाँजा बरामद

१६ पुष २०७९

१६ पौष, काठमाण्डौ ।

सप्तरी प्रहरीले हनुमाननगर कंकालिनी नगरपालिका १ स्थित कोशी टापुबाट बिहीबार ठूलो परिणाममा गाँजा बरामद गरेको छ । प्रहरी निरीक्षक प्रमोद खड्का नेतृत्वको प्रहरी टोलीले आठ सय १० केजी लागुऔषध गाँजा बरामद गरेको हो ।

Advertisement
Advertisement

प्रहरीले शुक्रबार पत्रकार सम्मेलन गरि बरामद गाँजा सार्वजनिक गरेको थियो । सप्तरी हनुमाननगर कंकालिनी नगरपालिका १ स्थित कोशी ब्यारेजको गोलघरदेखि करिब पाँच सय मिटर उत्तरपूर्व कोशी भंगालको पूर्व टापुको एकान्त ठाउँ बालुवामा खाल्टो खनि पुरी गाँजाका बोरा लुकाईछिपाई राखेको अवस्थामा बरामद भएको प्रहरी जनाएको छ ।

विशेष सूचानाको आधारमा यस कार्यालयबाट प्रहरी निरीक्षक प्रमोद खड्कासहितको प्रहरी टोली खटी बालुवा खनेर हेर्दा एक ठाउँमा १२ बोरा, दोश्रो ठाउँमा नौ बोरा र तेश्रो ठाउँमा ६ बोरा गरी जम्मा २७ बोरामा लुकाई राखेको गाँजा भेटिएको सप्तरीका प्रहरी प्रमुख अभिनारायण काफ्लेले जानकारी दिए ।

उनले प्रति बोरा ३० केजीका दरले जम्मा ८ सय १० केजी तयारी गाँजा बरामद् भएको जानकारी गराए ।बेबारीसे अवस्थामा फेला परेको उक्त गाँजा नियमानुसार बरामद गरि गाँजाका सम्बन्धमा सुक्ष्म रुपमा बिस्तृत अनुसन्धान कार्य भईरहेको एसपी काफ्लेले पत्रकार सम्मेलनमा जानकारी दिए ।

Advertisement

भर्खरको समाचार

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

Heat,,Thermometer,Shows,The,Temperature,Is,Hot,In,The,Sky,

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

सम्बन्धित खबरहरु

Scroll to Top