Nepal Times
Nepal Times
72
Shares

आज नेपाली टोपी तथा राष्ट्रिय पोशाक दिवस

आज नेपाली टोपी तथा राष्ट्रिय पोशाक दिवस

१७ पौष, काठमाण्डौ ।
आज अंग्रेजी नयाँ वर्षको अवसर पारेर नेपालमा नेपाली टोपी तथा राष्ट्रिय पोशाक दिवस मनाईदै छ । २०६३ सालको राजनीतिक परिवर्तनपछि राष्ट्रिय पोशाकको प्रयोगमा कमी आएपछि जनस्तरबाट टोपी दिवस मनाउन थालिएको हो । पछिल्ला दिनहरुमा भने यसले फेशनको रुप लिएको छ ।

युवा युवतीहरु आजको दिन टोपी तथा राष्ट्रिय पोशाकमा सजिन थालेका छन् । नेपालमा भादगाउँले तथा ढाकाको टोपीको प्रचलन रहेको छ । तर नेपालका विभिन्न समुदायले आ–आफ्नो पहिचान र परम्परा झल्किने खालका टोपी लगाउने गरेका छन् । विशेष गरी पहाडी क्षेत्रमा जुनसुकै समुदायमा पनि टोपी अभिन्न वस्त्र हो ।

नेपाली टोपीको प्रवर्द्धन गर्नका लागि अंग्रेजी नयाँ वर्षको पहिलो दिन पारेर यो दिवस मनाउन थालिएको हो । देशमा पश्चिमा संस्कृतिको प्रभाव बढ्दै गएको भन्दै केही युवाहरूले २०७० सालदेखि टोपी दिवस मनाउन थालेका हुन् । यसैगरी, ‘मेरो शान, मेरो पहिचान, राष्ट्रिय पोशाक संरक्षण महाअभियान’ भन्ने नारासहित आइतबार एक समूहले ‘राष्ट्रिय पोशाक दिवस’ मनाउँदैछन् ।

अंग्रेजी नयाँ वर्षको पहिलो दिन समेत पर्ने यस दिनमा देश विदेशमा छरिएर रहेका नेपालीहरुले नेपाली पोशाक दौरा सुरुवाल, टोपी, गुन्युचोली लगाएर प्रचार प्रसार गर्ने गरेका छन् । वि.सं. २०७० साल पौष १७ गते गतेदेखि यस दिनलाई राष्ट्रिय पोशाक दिवसका रुपमा मनाउन थालिएको हो ।

नेपाली मौलिकता तथा संस्कृतिलाई विदेशी संस्कृतिले धरासयी बनाउन लागेको अवस्थामा नेपाली संस्कृति र सभ्यतालाई विश्वभर उजागर गर्न राष्ट्रिय पोशाक दिवसको सुरुवात गरिएको हो । नेपाल बाहिर रहेका नेपाली र नेपालीभाषीहरुले पनि नेपाली टोपी लगाउने गर्छन्। नेपाली टोपीको साइनो बङ्गलादेशको ढाका, काश्मीर, टर्कीए, कैलाश पर्वत र पाल्पासँग जोडिन्छ।

विशेषतः भादगाउँले टोपी र ढाका टोपीलाई नेपाली टोपीका रूपमा लिने गरिन्छ। तर नेपालका विभिन्न समुदायले आ–आफ्नो पहिचान र परम्परा झल्किने खालका टोपी लगाउने गरेका छन्। यो दिन नेपाल र नेपाल बाहिर रहेका नेपाली समुदायले विभिन्न कार्यक्रमको आयोजना गरी धूमधामका साथ नेपाली टोपी दिवस मनाउने गरेका छन्। यो लहरसँगै पछिल्लो समय नेपाली टोपी लगाउनेको सङ्ख्या बढिरहेको छ।

तपाईंको प्रतिक्रिया

© copyright 2023 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.