Nepal Times
Nepal Times
207
Shares

सीले अचानक विदेशमन्त्री वाङ यीलाई किन हटाए ?

सीले अचानक विदेशमन्त्री वाङ यीलाई किन हटाए ?

१६ पौष, एजेन्सी ।
चीनले अमेरिकाका लागि चिनियाँ राजदूत छिन क्याङलाई फिर्ता बोलाएर विदेशमन्त्रीमा नियुक्त गरेको छ । अक्टोबरमा सम्पन्न २०औँ महाधिवेशनबाट चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समिति सदस्य बनेका क्याङलाई अमेरिकाबाट फिर्ता बोलाएर विदेशमन्त्री नियुक्त गरेको रोयटर्सले जनाएको छ ।

अन्तर्राष्ट्रिय सम्बन्धमा स्नातकसम्म अध्ययन गरेका क्याङ सन् २०१७ मा सहायक विदेशमन्त्री र एक वर्षपछि उपविदेशमन्त्री बनेका थिए । उनी सन् २०२१ मा अमेरिकाका लागि चिनियाँ राजदूत बनेका हुन् । यसअघि चीनको विदेशमन्त्री वाङ यी थिए । ६९ वर्षीय यीको पनि बढुवा भएको छ ।

उनी सत्ताधारी कम्युनिष्ट पार्टीको राजनीतिक ब्यूरोमा तानिएका छन् । यससंगै उनी देशको शीर्ष नेताहरुमा सामेल भएका छन् । ब्यूरो नीतिगत मामिलाहरुमा पार्टीको शीर्ष निकाय हो । यता ५६ वर्षीय नयाँ विदेशमन्त्रीले कहिले पद सम्हाल्ने भन्ने बारे केही खुलाइएको छैन ।

तर चिनियाँ विदेश मन्त्रालयका प्रवत्ताले भने नयाँ विदेशमन्त्रीमा नियुक्त भएकोमा छिन क्याङलाई बधाई दिएका छन् । ट्विटरमा उनले लेखेका छन्, चीनको कुटनीतिमा एक शानदार नयाँ अध्यायको प्रतिक्षा । यसअघि विदेशमन्त्रीमा नियुक्त हुनु अगावै विहीबार चीनियाँ राजदूतले वाशिंटनलाई उसले ताइवानको भविष्यको स्थितिलाई लिएर बेजिंगसंग सैन्य संघर्षको सामना गर्नसक्ने चेतावनी दिएका थिए ।

यस्तै गत जुलाईमा वाशिंगटन डिसीमा आफ्नो पद सम्हालिसकेपछि छिन क्याङले त्यहाँको प्रकाशन एनपीआरमा एक अन्तरर्वार्ता दिदै भनेका थिए, यदी ताइवानका अधिकारीहरुलाई अमेरिकाले अंगालो हाले र ताइवानीहरु स्वतन्त्रका नाममा सडकमा उत्रिए भने चीन र अमेरिका दुई ठूला देशहरु एउटा ठूलो सैन्य संघर्षमा सहभागि हुने प्रबल सम्भावना छ । उनले चीनलाई बदल्ने कुनै पनि प्रयास अमेरिकाको मतिभ्रम साबित हुने पनि चेतावनी दिएका थिए ।

चीन–अमेरिका सम्बन्ध बिग्रिरहेको बेला चीनले अमेरिकामै राजदूत रहेका व्यक्ति जो अमेरिकालाई खुल्ला चेतावनी दिदै आएका छन्, उनैलाई बोलाएर विदेशमन्त्री बनाउनुलाई अर्थपूर्ण रुपमा हेरिएको अन्तर्राष्ट्रिय सम्बन्धका जानकारहरुलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ । यसअघि चीनसँगको सम्बन्ध खराब अवस्थामा रहेको अष्ट्रेलियाले चीनसँग निकट मानिएका पूर्व प्रधानमन्त्री केभिन रुडलाई अमेरिकाका लागि राजदूत नियुक्त गरेको थियो ।

तपाईंको प्रतिक्रिया

© copyright 2023 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.