×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

नेपालले ओलम्पिकको महिला फुटबल खेल्ने संभावन कति ?

२९ पुष २०७९

२९ पौष, एजेन्सी ।
फ्रान्सको पेरिसमा सन् २०२४ मा आयोजना हुने ओलम्पिक खेलकुद अन्तर्गत महिला फुटबलको एसिया क्षेत्रको छनोटको पहिलो चरणमा नेपाल समूह ‘सी’ मा परेको छ । एसियाली फुटबलको सर्वाेच्च निकाय एसियन फुटबल कन्फेडेरेसन (एएफसी)ले बिहीबार सार्वजनिक गरेको ड्र अनुसार नेपाल समूह ‘सी’ मा परेको हो ।

नेपाल रहेको समूह ‘सी’ मा भियतनाम, प्यालेस्टाइन र अफगानिस्तान रहेको छ । छनोटको समूह ‘ए’ मा उज्वेकिस्तान, जोर्डन, टिमोर लिस्टे र भुटान रहेका छन् । समूह ‘बी’ मा म्यानमार, इरान, बंगलादेश र माल्दिभ्स रहेका छन् । समूह ‘डी’ मा थाइल्यान्ड, मंगोलिया, सिंगापुर र श्रीलंका परेको छ ।

Advertisement

यस्तै समूह ‘ई’ मा फिलिपिन्स, हङकङ, ताजिकिस्तान र पाकिस्तान, समूह ‘एफ’ मा चाइनिज ताइपेई, इन्डोनेसिया र लेवनान र समूह ‘जी’ मा भारत, किर्गिस्तान र तुर्केमिनिस्तान रहेका छन् । पहिलो चरणको छनोट खेलहरु आगामी अप्रिल ३ देखि ११ सम्म हुनेछ । पहिलो चरणमा सहभागी २६ टोलीलाई ७ समूहमा विभाजन गरिएको छ ।

हरेक समूहको शीर्ष टोलीले दोस्रो चरणको यात्रा तय गर्ने छन् । उनीहरूले दोस्रो चरणमा सिधै प्रवेश पाएका उत्तर कोरिया, जापान, अस्ट्रेलिया चीन र दक्षिण कोरियासँगै तीन समूहमा रहेर प्रतिस्पर्धा गर्नेछन् । समूहका शीर्ष टिमसँगै दोस्रो हुनेमध्ये उत्कृष्ट एक टिम छनोटको तेस्रो चरणमा प्रवेश गर्नेछन् ।

नेपालले पहिलो खेलमा प्यालेस्टाइनविरुद्ध प्रतिस्पर्धा गर्नेछ । त्यसपछि अफगानिस्तानवरुद्ध खेल्नेछ । समूहको अन्तिम खेलमा नेपालले फिफा वरीयतामा ६९ स्थानमाथि रहेको एसियामा राम्रै मानिएको भियतनामको सामना गर्नेछ । नौपल्ट एसियन कप खेलेको भियतनामले फिफा महिला विश्वकप २०२३ पनि खेल्दै छ ।

Advertisement

गत वर्ष भएको एसियन कपमा भियतनाम तेस्रो भएको थियो । उक्त संस्करणमा नेपाली टिम छनोटबाटै बाहिरिएको थियो । पेरिस ओलम्पिक छनोटको आयोजनास्थलबारे निर्णय नभइसकेको एएफसीले जनाएको छ । यसअघि नेपालले टोकियो ओलम्पिक २०२० को छनोटमा दोस्रो चरणमा प्रवेश गरेको थियो । जुन नेपाली महिला फुटबलले पाएको सबैभन्दा ठुलो सफलता थियो ।

भर्खरको समाचार

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

सम्बन्धित खबरहरु

Scroll to Top