×

NEPAL TIMES UPDATES

Playing
World News: Cubaसंग Americaको वार्ता, Iranसंग के होला ? Japanले छाड्यो शान्तिको बाटो || Nepal Times
Apr 21, 2026
Playing
रवि र बालेनले सुधनलाई के गर्लान् ? || Nepal Times
Apr 21, 2026
Playing
हर्कको बालेनलाई ३३ बुँदे सुझावः mcc,spp मा नजोडिनु, गृहमन्त्रीले राजीनामा दिनु उत्तम|| Nepal Times
Apr 21, 2026
Playing
एक लाख मानिसले नदेखेको नेपालीको श*व सिड्नीको सुरुङमा|| Nepal Times
Apr 21, 2026
Playing
अब नक्कली लाइसेन्स बनाउन असम्भव, अफलाइनमै जाँच गर्न सकिन|| Nepal Times
Apr 21, 2026
Playing
Top 15 Afternoon News || April-21-2026 || Nepal Times
Apr 21, 2026
Playing
अब हुने भयो इस्लामावाद वार्ता, को पछि हट्यो ? || Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्रीलाई नै प क्रा उ गर्न माग गर्दै प्रहरीमा निवेदन || Nepal Times
Apr 21, 2026
Playing
गिरीबन्धु टि–स्टेट प्रकरणमा तानिन् सक्छन् ओली ?|| Nepal Times
Apr 21, 2026
Playing
यु द्धविराम अन्त्य हुँदै, Iran धम्कीसँग कहिल्यै नझुक्ने || Nepal Times
Apr 21, 2026

प्रचण्ड र ओलीको भेट बाक्लिनुको रहस्य के हो ?

३० पुष २०७९

३० पौष, काठमाण्डौ ।
७ दलीय गठबन्धनबाट प्रधानमन्त्री बनेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अत्याधिक मतका साथ संसदबाट विश्वासको मत पाइसक्दा समेत मन्त्रिपरिषद् विस्तार हुन् सकेको छैन् । अनपेक्षित रुपमा सत्तारुढसहित दुई दल बाहेक सबै दलहरुले प्रचण्डलाई विश्वासको मत दिएपछि नयाँ राजनीतिक परिवर्तन र गठबन्धन बन्ने वा तोडिने आशंका ब्याप्त भईरहेका बेला सरकारलाई समर्थन गरेका तर आफूलाई प्रतिपक्षको कित्तामा उभ्याउदै आएका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेपाली काग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपाल र नेपाली कांग्रेसका वरिष्ठ नेता पौडेलबीच भएको भेटवार्तामा पछिल्लो राजनीतिक अवस्था र गठबन्धनका विषयमा छलफल भएको छ । माधव नेपालको सचिवालयका अनुसार उनीहरूको भेट नेकपा एसको पार्टी कार्यालय आलोकनगरमा भएको हो । सचिवालयका अनुसार समसामयिक राजनीतिक विषय र गठबन्धनको विषयमा छलफल भएको छ ।

Advertisement
Advertisement

हाल नेकपा एस र कांग्रेस प्रधानमन्त्रीलाई विश्वासको मत दिए पनि प्रतिपक्षमा बसेका छन् । आगामी सभामुख, राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनमा नेपाली कांग्रेस भाग लिने चर्चा छ । यो विषयमा पनि कुराकानी भएको हुनसक्ने बुझिएको छ । कांग्रेसबाट रामचन्द्र पौडेल राष्ट्रपति बन्ने चर्चामा छन् ।

काग्रेसले यसअघि नै सभामुख र उपसभामुखका लागि अन्य दलहरु सँग छलफल गर्ने निर्णय गरेको थियो भने प्रचण्डलाई विश्वासको मत दिएपछि नेता पौडेलले हाइज्याक भएको गठबन्धन फेरि ब्युत्याउन प्रचण्डलाई विश्वासको मत दिएको बताएका थिए । प्रचण्डलाई विश्वासको मत दिएपछि काग्रेसले राष्ट्रपतिमा माओवादीको साथको अपेक्षा गरेको छ ।

तर ७ दलीय गठबन्धनमा राष्ट्रपति र सभामुख एमालेले लिने सहमति बनेको छ। यही विषयलाई अन्तिम टुङ्गो लगाउन प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच पछिल्लो समय विभिन्न चरणमा छलफल हुँदै आएको छ ।

आज मात्रै पनि प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषदको पूर्णता, सभामुख, उपसभामुख निर्वाचनलगायतमा दुई नेताबीच छलफल भइरहेको बालुवाटार स्रोतले जनाएको छ । सातदलीय गठबन्धनमा मन्त्रालय बाँडफाँट टुंग्याउन बाँकी छ । हाल ८ सदस्यीय मन्त्रिपरिषद्मा अब १७ जना थप्ने संवैधानिक सुविधा छ ।

दाहाल यही पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए । सोही दिन उनले सानो आकारको मन्त्रिमण्डल बनाएका थिए । मन्त्रालय भागबन्डालाई लिएर प्रचण्ड–ओलीबीच मोटामोटी सहमति भइसकेको बताइन्छ । आगामी माघ ५ गते प्रतिनिधिसभाको सभामुखको निर्वाचन हुँदैछ ।

Advertisement

नेपालको संविधानको धारा ९१ को उपधारा (१) मा प्रतिनिधिसभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिनभित्र प्रतिनिधिसभाका सदस्यले आफूमध्येबाट सभामुख र उपसभामुखको निर्वाचन गर्नुपर्ने व्यवस्था गरेको छ ।

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top