कस्तो छ आजको मौसम ?

२९ पुस ७९, शनिबार

३० पौष , काठमाडौं ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहेको छ। तराईका अधिकांश स्थानमा बाक्लो हुस्सुरकुहिरो लागेको छ।यो हुस्सुरकुहिरो घाम लागेसँगै हटेर जाने सम्भावना रहेको महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन्।

‘आज हुस्सुरकुहिरो दिनभरि बस्ने देखिँदैन’, उनले भनिन्,‘घाम लागेसँगै हटेर जानेछ।’यस्तै काठमाडौं उपत्यकामा बिहानैदेखि मौसम खुलेको छ। दिउँसो पारिलो घाम लाग्ने मानन्धरले बताइन्। हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ।

Advertisement

शनिबार कर्णाली, गण्डकी प्रदेश र प्रदेश १ का पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। आइतबार पनि कर्णाली प्रदेश र प्रदेश १ का पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

सोमवार भने प्रदेश १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली पहाडी भू-भागहरूका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top