एमाले भित्र मन्त्री बन्न नेताको ताँती

३० पौष, काठमाण्डौ ।
प्रधानमन्त्रीमा पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिएपनि मनित्रपरिषदलाई अझै पूर्णता दिन सकेका छैनन् । सात दलीय गठबन्धनमा मोटामोटी मन्त्रालयको टुंगो लागिसकेको अवस्था भएपनि मुख्यगरी एमाले तथा माओवादी भित्र मन्त्रीका आकाक्षी बढी भएपछि दुई अध्यक्ष दबावमा पर्दै आएका छन् ।

एमालेबाट विष्णु पौडेल उपप्रधानमन्त्री एवं अर्थमन्त्री भइसकेका छन् । ज्वालाकुमारी साह, दामोदर भण्डारी, राजेन्द्र राई मन्त्री चयन भइसकेका छन् । तर यिनीहरूलाई जिम्मेवारी तोकिएको छैन । ११ पुसमा यी ३ मन्त्रीले शपथ लिएका थिए । तर अहिलेसम्म मन्त्रालयको जिम्मेवारी भने पाएका छैनन् ।

यी तीन जनासँगै जनमत पार्टीका उपाध्यक्ष अब्दुल खानले पनि मन्त्रीमा शपथ लिए पनि जिम्मेवारी पाएका छैनन् । एमालेले यसपटक अहिलेसम्म मन्त्री नभएका र दुईपटक जितेर पनि अवसर नपाएकालाई मन्त्री बनाउने तयारी ओलीले गरेको एमाले नेताहरुले बताएका छन् ।

लगातार दुईपटक चुनाव जितेर मन्त्री नबनेकामा कास्कीकी विद्या भट्टराई र पर्वतका पदम गिरी छन् । यी दुवैको भूगोल एउटै प्रदेश परेकोले दुईमध्ये एक जनाको मात्रै मन्त्री बन्ने सम्भावना रहेको बताइन्छ । तर विद्याले मन्त्रीका लगि यसपटक सुनसरीमा विजय गच्छदारलाई पराजित गरेकी भगवती चौधरीसँग पनि प्रतिस्पर्धा गर्नुपर्ने बताइन्छ ।

यी दुईमध्ये एकलाई एमालेले मन्त्रीमा अघि सार्ने बुझिएको छ । लुम्बिनी प्रदेशबाट टोपबहादुर रायमाझी पहिलोपटक चुनाव जितेका सूर्य थापा मन्त्रीका लागि दाबेदार देखिएका छन् । अर्घाखाँचीबाट चुनाव जितेका टोपबहादुर र प्युठानबाट प्रतिनिधिसभाको चुनाव जितेका दुवै प्रचण्डका आलोचक हुन् ।

यसैले यी दुवैलाई प्रचण्डले एमालेले मन्त्रीका लागि सिफारिस नगरोस् भन्ने भित्रि चाहना राखेको एमाले नेताहरु बताउँछन् । यस्तै बाग्मतीमा एमाले सांसदमा जित्नेमा काभ्रेबाट गोकुल बाँस्कोटा, काठमाडौंबाट कृष्णगोपाल श्रेष्ठ, मकवानपुरबाट महेश बर्तौला र ललितपुरबाट प्रेम महर्जन छन् । यी चारमध्ये एक जना मन्त्री बन्ने बताइन्छ ।

कृष्णगोपाल पटकपटक मन्त्री भइसकेकोले फेरि पनि गोकुलको मन्त्रीमा सम्भावना बढी रहेको एमाले स्रोत बताउँछ । गोकुल मन्त्री नबन्दा मकवानपुरबाट चुनाव जित्ने बर्तौला पनि अर्का बलिया दाबेदार हुन् । यसैगरी पहिलोपटक चुनाव जितेका ठाकुर गैरे पनि यसपटक मन्त्रीका लागि दाबेदारका रुपमा उभिएका छन् ।

छविलाल विश्वकर्मा र गोकर्ण विष्ट पनि मन्त्रीका लागि दाबेदार हुन् । रघुवीर महासेठले सके आफू सभामुख हुने नभए श्रीमती जुलीकुमारी महतोलाई मन्त्री बनाउन खोजेका छन् । सिरहाबाट चुनाव जितेका लीलानाथ श्रेष्ठ पनि यसपटक मन्त्रीका लागि दाबेदार रहेको बताइन्छ । समानुपातिक सांसद रघुजी पनि मन्त्रीका लागि दाबेदार मानिन्छन् ।

अध्यक्ष ओलीले महासचिव शंकर पोखरेल, उमहासचिव विष्णु रिमालसँग छलफल गरेर मन्त्रीको नाम टुंगो लगाउने तयारी गरेका छन् । मन्त्रिपरिषद् विस्तारकै लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीबीच शनिबार बिहान बालुवाटारमा छलफल भएको थियो ।

राप्रपाले अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा सरकारमा जाने तयारी गरेको छ भने माओवादीबाट रेखा शर्मा लगायतलाई सरकारमा सहभागि गराउने प्रचण्डको तयारी छ । राष्ट्रिय स्वतन्त्रले आन्तरिक रुपमा तयारी गरेपनि पार्टी औपचारिक बैठकमा सरकारमा जाने नेताका विषयमा छलफल गरेको छैन् ।

सरकारलाई समर्थन गरेको राष्ट्रिय उन्मुक्तिले माग सम्बोधन नभएसम्म सरकारमा नजाने बताएको छ भने जसपाले नेकपा एससँगको पार्टी एकताका कारण सरकारमा जाने विषयलाई कम प्राथमिकतामा राखेको छ ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top