×

NEPAL TIMES UPDATES

Playing
प्रधानमन्त्रीसँग मुख्यमन्त्रीले गरे गाँ जा खोल्ने प्रस्ताव || Nepal Times
Apr 16, 2026
Playing
दिपक खड्कालाई रिहा गर्न सर्वोच्चको आदेश, विदेश जान अनुमति चाहिने || Nepal Times
Apr 16, 2026
Playing
उर्जाका सबै समस्या समाधान गर्न विराजभक्तले कम्मर कसे,रोजगारी र लगानी सुनिश्चित || Nepal Times
Apr 16, 2026
Playing
के पूरक बयानका लागि ओली र लेखकलाई फेरि बोलाइन्छ ? || Nepal Times
Apr 16, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-03-2083 || Nepal Times
Apr 16, 2026
Playing
सम्पत्ति छानबिन आयोगको रडारमा जिवितदेखि दिवंगतसम्म,पूर्वराजाको के हुन्छ ? || Nepal Times
Apr 16, 2026
Playing
“जो जान्दछन् तिनीहरू बोल्दैनन्, जो बोल्दछन् तिनीहरू जान्दैनन्“ || Nepal Times
Apr 16, 2026
Playing
हिजोका विद्रोही गगन, आजका ’कठोर’ सभापति || Nepal Times
Apr 16, 2026
Playing
World News: वार्तामा Pakistanको ‘ब्रेक थ्रु’, ४४० किलो युरेनियम बाधक, Ukraineमा भीष*ण आ*क्रम*ण
Apr 16, 2026
Playing
सुधन गुरुङ : सिस्टम बदल्न हिँडेका यात्री ?रास्वपामा किन उठ्यो प्रश्न ? || Nepal Times
Apr 16, 2026

अवैध क्रसर बन्द गराउदा ढुङ्गा, गिटी बेच्न बन्द/ठूला आयोजनाको काम रोकिने

२ माघ २०७९

२ माघ , काठमाण्डौ ।
गृह मन्त्रालयले गएको पुसको २० गते सबै जिल्ला प्रशासन कार्यालयलाई पत्र पठाएर अवैध र मापदण्ड विपरीत सञ्चालनमा रहेका क्रसर उद्योग बन्द गराउन पत्र पठाएसंगै यस्ता क्रसर उद्योगहरु अहिले बन्द भएका छन् । तर सरकारको यो निर्णयबाट क्रुद्ध भएका क्रसर व्यवसायीले रिस पोख्दै ढुङ्गा, गिटी र बालुवा बेच्न छाडेका छन् ।

यसले विकास निर्माणको काम भने प्रभावित हुन थालेको छ । गृह मन्त्रालयले अवैध क्रसर बन्द गराउन पत्राचार गरेको रिसमा वैधरूपले सञ्चालनमा रहेका क्रसर उद्योगीले पनि ढुङ्गा, गिटी र बालुवा नबेच्दा ठूला विकास निर्माणका काम नै प्रभावित हुन थालेका छन् ।

Advertisement
Advertisement

प्रारम्भिक तथ्याङ्कअनुसार सञ्चालमा रहेका आधाभन्दा धेरै क्रसरले दर्ता नवीकरण नगरेको, आवश्यक कागजात कार्यालयमा नराखेको, मापदण्ड विपरीत उत्खनन गरेको पाइएको गृह मन्त्रालयका एक अधिकारीले बताएका छन् । अवैध क्रसर बन्द गराउन खोज्दा सबै मिलेर सरकारलाई अप्ठेरोमा पार्ने षड्यन्त्र भइरहेको पनि मन्त्रालयका अधिकारीहरुको आशंका छ ।

यसै पनि काममा ढिलाइ गर्दै आएका विकास निर्माणका ठेकेदारले अहिले ढुङ्गा, गिटी, बालुवा नपाएको बहाना थप्न थालेका छन् । पूर्व पश्चिम राजमार्गको नारायणगढ–बुटबल सडक विस्तार, नागढुङ्गा–मुग्लिन सडक विस्तार, नागढुङ्गा–नौबीसे सुरुङमार्ग, विभिन्न जलविद्युत् आयोजनादेखि स्थानीय ठेकेदारले समेत ढुङ्गा र गिटीको अभाव भएको भन्दै काम रोक्न थालेका छन् ।

सडक विभागका महानिर्देशक अर्जुनजंग थापाले अहिले विभिन्न आयोजनामा ढुङ्गा, गिटीको अभाव भइरहेका गुनासा आउन थालेको बताएका छन् । उनले सरकारले वातावरण संरक्षण र विकास निर्माणका कामलाई समन्वय नगरेमा ठूलो समस्या आउन सक्ने चिन्ता रहेको पनि जनाए । अवैधरुपमा सञ्चालित क्रसर बन्द गराउँदा बजारमा निर्माण सामाग्रीको उपलब्धता घटेको छ ।

जिल्ला प्रशासनले कडाइ गरेपछि क्रसर व्यवसायीले थुपारेर राखेका ढुंगा–गिट्टी बेच्न बन्द गरेका छन्। यसले निजी निर्माणसँगै विकास निर्माणका आयोजनालाई ढुंगा, गिट्टी र बालुवा अभाव भएको हो । निर्माणाधीन नागढुंगा–नौबिसे सुरुङमार्गको काम समेत प्रभावित हुने अवस्थामा पुगेको छ ।

‘अहिले जापानीज निर्माण व्यवसायीद्धारा निर्माणाधीन नागढुंगा सुरुङमार्ग पनि बालुवा नपाएर निर्माण ठप्पको अवस्थामा गएको छ । ठेकेदारले सरकारसँग हर्जाना दाबी गर्ने संकेत दिएको छ,’ सडक विभागका महानिर्देशक अर्जुनजंग थापाले भने, ‘ त्यसरी माग गरेको दाबी ठेक्का सम्झौता अनुसार दिनै पर्छ।’ उनले काम रोकिँदा ठूलो रकम क्लेम गर्न सक्ने बताए ।

Advertisement

साइटमा बसेका २० जना जापानीजले मात्रै १८÷२० हजार डलर क्लेम गर्ने बताए । सरोकारवाला निकायसँग छलफल नै नगरी निर्णय गर्दाको मूल्य ठुलै चुकाउनुपर्ने थापाको भनाइ छ ।

भर्खरको समाचार

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

सम्बन्धित खबरहरु

Scroll to Top