×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

सुदनलाई दिएको वचन प्रचण्डले पूरा गरे

३ माघ २०७९

३ माघ, काठमाण्डौ ।
गएको मंसिर ४ गतेको निर्वाचनका लागि चुनावी प्रचारका क्रममा विभिन्न स्थानमा पुगेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्ना दलका उम्मेदवारहरुलाई मन्त्री बनाउने वाचा गरे । यसरी मन्त्री बनाउने बाचा गरेका उम्मेदवार मध्ये जनताले पत्याइदिएर सांसदमा विजयी भएका माओवादी नेता हुन्, भोजपुरबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सुदन किराती ।

गत कात्तिक ३० गते ‘प्रचण्ड’ले भोजपुरको तिवारी भञ्याङमा वाम विष्फोट पछिको चुनावी सभालाई सम्बोधन गर्दै भनेका थिए थिए। ’मैले सुदनजीलाई पुरानै ऋण तिर्नुछ। पहिले पनि मन्त्री बनाउन खोजेकै हो तर सकिएन। अब रोजेकै मन्त्रालय दिन्छु। तपाईंहरु जिताएर पठाउनुस्।’

Advertisement
Advertisement

प्रचण्डले भनेजस्तै गरी भोजपुरवासीले प्रदेश १ का पहिलो मुख्यमन्त्री शेरधन राईको साटो २८ हजार ५९१ मतसहित किरातीलाई आफ्ना जनप्रतिनिधिका रुपमा विजयी बनाए । उनले एमालेका उम्मेदवार राईलाई पराजित गरेका थिए। राईले भने २६ हजार २०२ मत मात्रै पाए।

किराती र राईबीचको यो तेस्रो प्रतिस्पर्धा थियो। यसअघि एकपटक किराती र एकपटक राईले जितेका थिए। किरातीको प्रशंसा त्यसयता पनि प्रचण्डले गरेका थिए । भदौ २८ मा किरातीद्वारा लिखित पुस्तक ‘पलपलको मृत्यु’को विमोचन कार्यक्रममा बोल्दै प्रचण्डले भनेका थिए, ‘राजनीतिमा मन्त्री या राष्ट्रपति अब सुदनका निम्ति ठूलो कुरा रहेन।

माननीय हुनुहुन्छ, मन्त्री त भई नै हाल्नुहुन्छ। हुनसक्छ, राष्ट्रपति पनि हुने नजिकै छ। कतिपयले आफुले बोलेका कुरामा अडिग नहुने नेताका रुपमा प्रचण्डलाई बुझ्ने भएपनि अहिले प्रचण्डले किरातीलाई लिएर गरेको सार्वजनिक वाचा भने पूरा गरेका छन् । अब उनी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बनेका छन्।

प्रचण्ड प्रधानमन्त्री भएको २३औं दिनमा मंगलबार गरिएको मन्त्रिपरिषद् विस्तारमा उनले सो मन्त्रालयको जिम्मेवारी पाएका छन्। तेस्रो पटक सांसद भएका भए पनि मन्त्रीका रुपमा उनको किरातीको यो पहिलो अनुभव हो। ४३ वर्षीय किराती नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य हुन्।

विद्यार्थी राजनीतिबाट अघि बढेका उनी तत्कालीन माले र खम्बुवान राष्ट्रिय मोर्चासँग आबद्ध भएर पार्टी राजनीतिमा प्रवेश गरेका हुन्। २०६२ मा उनी किराती राष्ट्रिय मोर्चाको केन्द्रीय अध्यक्ष समेत भएका थिए। उनी माओवादीको भोजपुर जिल्ला अध्यक्ष पनि भएका थिए।

मन्त्री हुने टुंगो लागेपछि किरातीले आफ्ना पितासँगको संवाद सामाजिक संजालमा राखेका छन् , जसले धेरैको ध्यान खिचेको छ । उनका पिताले उनी मन्त्री बन्ने भएपछि राखेका जिज्ञाशाले धेरैको मन छोएको छ । पितासँगको संवादबारे मंगलबार बिहान उनले फेसबुकमा लेखेका छन्, ‘पाउनु ठूलो कुरा होइन, काम गर्नु ठूलो कुरा हो। म मेहनत गर्छु।’

Advertisement

अब लाभ र कामका लागि धेरैको रोजाईमा पर्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा उनले जनताले दिएको मतको कदर गर्दै उनकै पिताको अपेक्षा र आफ्नै वाचा अनुसार जनताको कत्तिको मन जित्ने हुन्, त्यसका लागि भने प्रतिक्षा गर्नुपर्नेछ ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top