×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

एमालेबाट माओवादी बनेका मन्त्री किराती को हुन् ?

३ माघ २०७९

३ माघ, काठमाण्डौ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको २३ सदस्यीय मन्त्रिमण्डलका एक सदस् हुन् , भोजपुरका सुदन किराती । ४३ वर्षका किरातीले मंसिरको निर्वाचनमा एमाले नेता तथा प्रदेश एकका पूर्व मुख्यमन्त्री शेरधन राईलाई हराएर भोजपुरबाट प्रतिनिधिसभामा निर्वाचित भएका हुन् । यसअघि पनि उनी तीनपटक सांसद बनिसकेका छन् ।

२०६४ मा पहिलोपटक सांसद बनेका किराती हाल प्रचण्ड नेतृत्वको सरकारका पनि पहिलो पटक मन्त्री बनेका हुन् । उनी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बनेका छन्। नेकपा माओवादी केन्द्रको पोलिटब्युरो सदस्य उनी राजकाजमा अवसर नपाउने नेताको रुपमा चिनिँदै आएका थिए ।

२०३५ सालमा जन्मिएका सुदन बेलायती लाहुरेका सन्तान हुन् । उनी हङकङमा जन्मेर ब्रुनाईमा हुर्किएका हुन् । पछि परिवारसँगै भोजपुर फर्किएर राजनीतिमा क्रियाशील भए । उनले एमालेको विद्यार्थी संगठन अनेरास्ववियुबाट राजनीति सुरु गरेका थिए । तर २०५४ सालमा भोजपुर क्याम्पस पढ्न गएको पहिलो दिन नै नेविसंघका कार्यकर्ताले हातपात गरेसँगै उनले अखिल छाडेका थिए ।

त्यसपछि उनी गोपाल किराँती नेतृत्वको खम्बुवान मुक्ति मोर्चामा लागे । खम्बुवानमा लागेर उनी भूमिगत भएका थिए । २०६० मा मुक्ति मोर्चा माओवादीसँग एक भएसँगै सुदन फेरि माओवादी बने । २०६१ सालमा सगरमाथा–जनकपुर क्षेत्रीय ब्युरो सदस्य भएका सुदन त्यही वर्ष सिरहामा पक्राउ परेपछि जेलमा थुनिए। उनी २३ महिनापछि अर्थात् जनआन्दोलनपछि मात्रै छुटे ।

२०६३ मा धनकुटा जिल्ला अध्यक्ष बनेका सुदन त्यही वर्षको ७ महिनापछि किरात राष्ट्रिय मुक्ति मोर्चाको महासचिव भए । २०६९ सालमा सोही मोर्चाको अध्यक्ष बनेका सुदन २०७० मा भोजपुर जिल्ला अध्यक्ष, २०७२ सालमा एमाओवादीको पोलिटब्युरो सदस्य र भोजपुर इन्चार्ज बने।

सुदनले २०६४ सालको संविधानसभा निर्वाचनमा शेरधन राईलाई हराएका थिए। २०७० मा शेरधनसँग हारेका उनी २०७४ मा भोजपुरबाटै संघीय संसदमा निर्वाचित भए । २०७९ मा फेरि शेरधन राईलाई हराएर सांसद बनेका हुन् । अहिले उनले सम्हाल्न आएको मन्त्रालय बेलाबखत विभिन्न कारणले विवादमा तानिँदै आएको छ ।

यस्तोमा मन्त्री बनेका किरातीलाई भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान गर्ने वातावरण बनाउनु चुनौतीपूर्ण हुनेछ । भारतसँग संवाद गरी भैरहवा र नेपालगन्जबाट हवाइ प्रवेश विन्दुमा सहमति गराउन उनले महत्वपूर्ण भूमिका खेल्नुपर्नेछ ।

भैरहवाको अन्तर्राष्ट्रिय विमानस्थलमा जडान गरिएको इन्स्ट्रुमेन्ट ल्यान्डिङ सिस्टम (आईएलएस) सञ्चालन गर्न समेत भारतसँग अनुमति लिनुपर्नेछ । यी काममा चलाखी नेतृत्व गर्नसके उनले उड्डयनमन्त्रीको रुपमा महत्वपूर्ण सफलता हात पार्नेछन्।

उनको अर्को चुनौती भनेको कोभिड महामारीको कारण नकारात्मक प्रभाव परेको पर्यटन क्षेत्रलाई उठाउने र सम्बद्ध निजी क्षेत्रसँग समन्वय गरी काम गर्ने हो। पुनरुत्थान हुँदै गएको पर्यटन क्षेत्रमा विदेशी पर्यटक बढाउन उनको महत्वपूर्ण नेतृत्वशैली काममा देखिनुपर्नेछ ।

पर्यटन मन्त्रालयमा पदबहाली गर्दै उनले तीब्र गतिमा प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल आयोजना निर्माणलाई अगाडि बढाउने बताएका छन् । नेपाल वायुसेवा निगमको सुधार बाघको घोडा चढ्नु जस्तै भएको उनले बताए । देश यतिबेला शोकमा रहेको भन्दै खादा माला अस्वीकार गरेर सहयोगपेटिका राखेका मन्त्री किरातीले नेपालको आकाश सुरक्षित बनाउन पनि आफूले सरोकारवाला निकायसँग तत्काल छलफल गर्ने बताएका छन् ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top