प्रतिनिधिसभाका सभामुख देवराज को हुन् ?

४ माघ ७९, बिहीबार

५ माघ, काठमाण्डौ ।
सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेकपा एमालेका नेता देवराज घिमिरे सभामुख चयन भएका छन्। बिहीबार उनलाई सभामुखमा निर्वाचित गरियोस् भन्ने प्रस्तावमाथि भएको मतदानमा घिमिरेले १६७ मत पाएका हुन्।

घिमिरेलाई निर्वाचित गरियोस् भन्ने प्रस्तावको विपक्षमा १०० मत परेको थियो। मत दिन्नँ भन्नेमा १ मत परेको थियो। मतदानमा उपस्थित सांसदको संख्या २६८ रहेको सभामुखको भूमिका निर्वाह गरेका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले जानकारी दिए।

घिमिरे निर्वाचित भएपछि प्रतिनिधि सभा नियमावली अनुसार, उनका प्रतिस्पर्धी नेपाली कांग्रेसकी ईश्वरी न्यौपानेलाई निर्वाचित गरियोस् भन्ने प्रस्तावमाथि भने मतदान नै भएन। सभामुखमा निर्वाचित भएका घिमिरेलाई नेकपा एमालेले एक वर्षअघि राष्ट्रिय सभा सदस्य बनाउने निर्णय गरेको थियो।

२०७८ पुस १९ गते पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकले प्रदेश १ बाट सुमित्रा भण्डारी र सोनाम ग्याल्जेनसँगै उनलाई पनि उम्मेदवार बनाउने निर्णय गरेको थियो। समानुपातिक सूचीबाट नाम नहटाइएका कारण उनी उम्मेदवार हुन पाएनन्।

उनको ठाउँमा गुरु बराललाई राष्ट्रिय सभा सदस्यका लागि उम्मेदवार बनाएको थियो। एक वर्षअघि राष्ट्रिय सभामा उम्मेदवार नै हुन नपाई रोकिएका घिमिरेले सभामुख बन्ने अवसर पाएका छन्। पार्टी पदाधिकारीभित्रकै आकांक्षीलाई पाखा लगाउँदै उम्मेदवार बनेका उनी सत्ता गठबन्धनको साथ पाएर सभामुख बनेका हुन् ।

यसपटक अनपेक्षित रुपमा सभामुख प्राप्त गरेका उनी बेलाबखत चर्चामा आइरहने पात्रमा पर्छन्। उनी २०५१ सालमा महाकाली सन्धिको पक्षमा मतदान गरेर चर्चामा आएका थिए। एमालेका एक नम्बर वैकल्पिक केन्द्रीय सदस्य रहेका उनको मत नै महाकाली सन्धि अनुमोदनका लागि निर्णायक बनेको थियो।

ताप्लेजुङ जिल्ला सिरिजंघा गाउँपालिका– ३ मा २०१३ सालमा जन्मिएका स्नातकसम्म अध्ययन गरेका छन्। २०३१ सालमा झापा विद्रोहपछि उनी नेपाल कम्युनिस्ट पार्टीको सम्पर्कमा रहेका थिए। २०३२ माघदेखि अखिल नेपाल कम्युनिष्ट क्रान्तिकारी को–अर्डिनेसन कमिटी (कोके)गठनपछि विद्यार्थी संगठनमार्फत पार्टीमा लागेका हुन्।

काठमाडौंमा बीए पढिरहेका उनी २०३३ सालमा ’बुर्जुवा शिक्षा’ बहिष्कार अभियानमा सामेल हुँदै गाउँ फर्किएर पार्टी संगठन निर्माणमा खटिए। भूमिगत भएर को–अर्डिनेस केन्द्रमा काम गरेको तीन वर्षपछि २०३५ साल भदौमा नेपाल कम्युनिस्ट पार्टीको सदस्यता पाएका हुन्।

२०३५ साल पुस ११ गते कम्युनिष्ट घटकहरु मिलेर नेकपा माले बनेपछि तेह्रथुम र पाँचथर जिल्लाको संगठक बनेका हुन्। २०३९ सालमा इलाम जिल्लाको पार्टी प्रमुख, २०४७ सालमा नेकपा माले र नेकपा मार्क्सवादीको एकीकरणपछि गठन भएको एमालेको पाँचौं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्य, २०५० सालमा नेकपा एमालेको मेची अञ्चल इन्चार्ज, २०५८ सालमा केन्द्रीय विभाग अन्तर्गत स्वास्थ्य विभागको इन्चार्ज र त्यसपछि इन्जिनियरिङ विभाग, युवा संघ नेपाल, नेपाल राष्ट्रिय शिक्षक संगठन, प्रगतिशील प्राध्यापक संघको इन्चार्ज भएका काम गरेका छन्।

२०७५ सालमा नेकपाको प्रदेश १ अध्यक्ष, २०७८ सालमा सम्पन्न नेकपा एमालेको दसौं राष्ट्रिय महाधिवेशनबाट पार्टीको स्थायी कमिटी सदस्य तथा प्रदेश नम्बर १ इन्चार्जको जिम्मेवारीमा थिए। उनलाई सांसद् बन्ने अवसर २०४८ सालमा आएको थियो। तर, इलाम जिल्लाबाट प्रतिनिधि सभाका लागि लड्ने अवसर आए पनि उनले अर्को नेतालाई टिकट दिएर आफू जिताउन लागिपरेका थिए।

संसद्मा प्रवेश भने उनले २०५६ सालमा मात्रै गरे। त्यो बेला राष्ट्रिय सभा सदस्य भएका थिए। त्यसपछि भने अवसर पाएका थिएनन्। गत मंसिर ४ मा सम्पन्न निर्वाचनमा उनले झापा २ बाट जित हासिल गरेका हुन्। प्रतिनिधि सभामा पुगेको पहिलोपटक नै उनले सभामुख बन्ने अवसर पाएका छन्।

नेकपा एमालेमा पहिले मदन भण्डारी र त्यसपछि अध्यक्ष केपी शर्मा ओलीनिकट रहेका उनको मदन भण्डारी फाउण्डेसनको विस्तार र विकासमा भूमिका छ। ओली गुटको उदयको एउटा महत्त्वपूर्ण कारण मानिने उक्त फाउन्डेसनको सुरुवाती समयमा कार्यालय प्रमुख भएर उनले काम गरेका थिए।

त्यसकारण वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीका समेत विश्वास पात्र मध्येमा पर्छन्। उनी ०७८ सालमा सम्पन्न नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशनबाट पार्टीको स्थायी कमिटी सदस्य तथा प्रदेश १ का इन्चार्जका रूपमा कार्यरत छन् ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top