×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

६ महिनामा १० वटा एक सिंगे गैंडा मरे

७ माघ २०७९

७ माघ, काठमाण्डौ ।
चितवन राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्ष २०७९/८० मा १० वटा एक सिङ्गे गैँडा मरेका छन् । चालू आवको पहिलो छ महिनामा मरेका १० मध्ये सात गैंडा प्राकृतिक कारणबाट, एक विद्युत् करेन्ट लागेर र दुई चोरी निकासी गर्ने तस्करका कारण मरेका निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए ।

शुक्रबार पूर्वी नवलपरासीमा तस्करले विद्युतीय धरापमा पारेर मारेका दुईसहित मरेका गैंडाको सङ्ख्या १० पुगेको हो । सूचना अधिकारी तिवारीकाअनुसार शुक्रबार पूर्वी नवलपरासीको मध्यविन्दु–२ स्थित नारायणी नदी किनारमा मृत भेटिएका दुवै गैँडा तस्करले थापेको विद्युतीय धरापमा परेर मरेका हुन् ।

Advertisement

मृत फेला परेका दुईमध्ये अन्दाजी १४ वर्षको पोथी गैंडाको खाग काटिएको अवस्थामा फेला परेको हो । अर्को अन्दाजी चार वर्षको बच्चा गैंडाको भने खाग सुरक्षित रहेको तिवारीले जानकारी दिए । तस्करले माउ गैंडालाई थापेको धरापमा परेर बच्चा गैंडा पनि मरेको हुन सक्ने प्रारम्भिक अनुसन्धानबाट देखिएको तिवारीले बताए ।

Advertisement

खाग काटिएको अवस्थामा मृत गैंडा फेला परेपछि अनुसन्धान अगाडि बढाइएको निकुञ्ज प्रशासनले जनाएको छ । यो ठाउँ चितवन राष्ट्रिय निकुञ्जको अमलटारी सेक्टरअन्तर्गत भुताह पोष्टनजिक पर्छ । स्थानीयबासीले मृत गैंडा देखेपछि चितवन राष्ट्रिय निकुञ्ज र त्यहाँको सुरक्षार्थ खटिएको नेपाली सेनालाई खबर गरेका थिए । नवलपुरको अमलटारी क्षेत्रमा यसअघि पनि गैंडाका माउ, बच्चालाई सिकारीले निसाना बनाउने गरेका थिए ।

भर्खरको समाचार

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

सम्बन्धित खबरहरु

Scroll to Top