रविको पार्टीले प्रादेशिक भेला गर्ने,देशभर संगठन बनाउने

८ माघ ७९, सोमबार

९ माघ,काठमाण्डौ ।
पार्टी गठन गरेको ६ महिनापनि नपुगेको समयमा सहभागिता जनाएको संसदीय निर्वाचनमा आशातित परिणाम हात पारेको राष्ट्रिय स्वतन्त्र पार्टीले देशभर संगठन विस्तार गर्ने भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले चार महिनाभित्र देशैभर संगठन विस्तार गर्ने निर्णय गरेको छ।

Advertisement

आइतबार पार्टीको केन्द्रीय कार्यालय बसुन्धारामा बसेको केन्द्रीय समितिले उक्त निर्णय गरेको हो। जसका लागि जेठसम्म समयावधि तोकिएको छ। पार्टीका महामन्त्री तथा प्रवक्ता मुकुल ढकालले निर्णय सार्वजनिक गर्दै संगठन विस्तारबारे जानकारी दिएका छन्।

यस्तै आगामी चैतसम्म जिल्ला निर्वाचन समितिहरु गठन गर्ने निर्णय पनि गरिएको छ। जेठ मसान्तसम्म पालिका र वडास्तरीय समिति गठन गर्नुपर्नेछ। यस्तै बैठकले माघ मसान्तभित्रै प्रदेश समितिका विस्तारित भेला हुने र प्रदेश समिति पुनर्गठन गर्ने निर्णय पनि गरेको छ ।

Advertisement

सुरुमा माघ १४ गते प्रदेश १ को विराटनगरमा भेला हुनेछ। यसैगरी माघ १६ गते मधेशको जनकपुर, माघ १८ गते बागमतीको मकवानपुर, माघ २१ गते गण्डकीको पोखरा, माघ २४ गते लुम्बिनीको दाङ, माघ २६ गते सुदूरपश्चिमको धनगढी र माघ २८ गते कर्णालीको सुर्खेतमा प्रदेश भेला आयोजना गरिने बताइएको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top