जेनिथको वार्षिकोत्सवमा सम्मानदेखि नृत्यसम्म

८ माघ ७९, सोमबार

९ माघ,विराटनगर ।
विराटनगरस्थित जेनिथ इन्टरनेशनल कलेजले सप्ताहव्यापी खेलकुद, सांस्कृतिक नृत्यसहित शिक्षा र साहित्य क्षेत्रमा योगदान पु¥याउने विभिन्न व्यक्तिहरुलाई सम्मान गर्दै आफ्नो वार्षिकोत्सव सम्पन्न गरेको छ । कलेजले विशेष समारोहको आयोजना गरेर शिक्षा र समाजसेवामा सक्रिय गुणराज ढुंगेल र डा. विमला श्रेष्ठलाई सम्मान गरेको हो ।

ढुंगेल विराटनगरस्थित मेरिल्याण्ड कलेजका अध्यक्षसमेत हुन् भने डा. श्रेष्ठ विराटनगरमा स्थापित विमला श्रेष्ठ साहित्य प्रतिष्ठानकी संस्थापक हुन् । त्यस्तै कार्यक्रममा क्याम्पसका प्राध्यापक डा. प्रमोकुमार झा र अनुज शर्मा पनि सम्मानित भएका छन् ।

Advertisement

उनीहरु स्थापनाकालदेखि हालसम्म सोही कलेजमा प्राध्यापन गर्दै आएका छन् । कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. यादवराज कोइराला र क्याम्पसका कार्यकारी अध्यक्ष प्रा.डा. दुर्गानन्द चौधरीले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरेका थिए ।

 

सो अवसरमा वीवीए र एमवीए अध्ययन पूरा गरेर जाने विद्यार्थीलाई विदाई र नवआगन्तुक विद्यार्थीको स्वागतसमेत गरिएको थियो । त्यस्तै वार्षिकोत्सवका अवसरमा आयोजित विभिन्न खेलकुद प्रतियोगिताका विजयी विद्यार्थीलाई पुरस्कारसमेत प्रदान गरिएको क्याम्पस प्रमुख सन्दिप दास श्रेष्ठले जानकारी दिए ।

वार्षिकोत्सव कार्यक्रममा विद्यार्थीहरुले विभिन्न जातीय पहिचान झल्कने नृत्य र गीत प्रस्तुत गरेका थिए । जेनिथ इन्टरनेशनल कलेजमा वीवीए, एमवीए गरी साढे ४ भन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top