खेलमैदानमा अवतरण गरेको प्रभुको हेलिकप्टरलाई कारबाही/प्रभु हेलिकप्टरका सबै उडानमा रोक

१० माघ, काठमाण्डौ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रभु हेलिकप्टरका सबै उडानमा रोक लगाएको छ । माघ ५ गते अनुमतिविना स्याङजाको वालिङ खेल मैदानमा हेलिकप्टर अवतरण गरेको भन्दै प्राधिकरणले उडान बन्द गराएको हो । प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले प्रभु हेलिकप्टरलाई अवतरण गर्नुपर्ने कारण मौखिकरूपमा सोधेको बताएका छन् ।

अहिलेसम्म जवाफ नआएकाले अर्को निर्णय नभएसम्म प्रभु हेलिकप्टरका सबै उडानमा रोक लगाएको निरौलाले बताएका छन् । मौखिक जवाफ सोधेकाले जति ढिलो जवाफ आउँछ उतिनै उडान गर्न नपाउँने समय लम्बिने बताउदै निरौलाले जवाफपछि छानबिन गर्ने बताएका छन् ।

वालिङ खेल मैदानमा अवतरण गरेको हेलिकप्टरको भिडियोले सामाजिक सञ्जालमा एउटा चर्चा पाएको थियो । बिहीबार स्याङ्जाको वालिङ नगरपालिकाको खेल मैदानमा ’वालिङ गोल्डकप फुटबल प्रतियोगिता’ चलिरहेको बेला हेलिकप्टर मैदानमा अवतरण भएको थियो । क्यामरूनको एभिनियर एफसी र वालिङ एएफसी जुनियरबीचको खेल चलिरहेको थियो।

त्यही बेला आकाशमा प्रभु एयरको हेलिकप्टर आयो। केही समयपछि खेल भइरहेकै मैदानमा अवतरण पनि भएको थियो । खेलाडी, आयोजक र दर्शकले हेलिकप्टरमा समस्या आएर आकस्मिक अवतरण गरेको हो कि भन्ने सोचेपनि हेलिकप्टर अनावश्यक रूपमा खेल मैदानमै अवतरण गरेपछि त्यहाँ केहीबेर तनाव सिर्जना भएको थियो ।

स्थानीयले पाइलट रानेश डंगोल र यात्रुहरूमाथि हातपात गरेका थिए । स्याङ्जाका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीका अनुसार त्यसरी अवतरण गर्न प्रभु एयरले कुनै अनुमति लिएको थिएन। न त सुरक्षा निकायलाई नै खबर गरेको थियो। यसरी लापरबाही गरेको भन्दै प्रमुख जिल्ला अधिकारी क्षेत्रीले नेपाल नागरिक उड्डयन प्राधिकरण, पोखरालाई पत्राचार समेत गरेका थिए ।

वालिङकै स्थानीयबासी यात्रुहरूले नै उक्त खेल मैदानमा अवतरण गर्न दबाब दिएपछि घटना भएको पाइलटले बताएका थिए । वालिङ गोल्डकप आयोजकका अध्यक्ष लालबहादुर ज्वार्चनले भने हेलिकप्टरमा सवार चारै जना यात्रुले मादक पदार्थ सेवन गरेको आरोप लगाएका छन ्। पाइलट डंगोलले तोकिएकै ठाउँमा ल्यान्ड गर्ने बताए पनि यात्रुले जिद्दी गरेको उनले बताएका छन् ।

घटनापछि पाइलटलाई छाडिएको र यात्रुहरूविरूद्ध प्रहरीमा जाहेरी दिएपनि उनीहरू घटनापश्चात भागेको पनि उनले बताएका छन् । प्राधिकरणले हिजोमात्रै एटीसीको नियम उल्लघंन गर्ने नेपाल वायुसेवा निगमका पाँच पाइलटलाई निलम्बन गर्न निर्देशन दिएको थियो । तीन पाइलटले हङकङ र दुई पाइलटले जापानको उडानका क्रममा विमान अवतरण गर्दा निर्देशन अटेरी गरेका थिए ।

उनीहरुको निलम्बन कहिलेसम्म रहन्छ भन्ने खुलाइएको छैन् । केही दिनअघि मात्रै पर्यटन मन्त्रालयको कार्यभार सम्हालेका मन्त्री सुदन किरातीले उड्डन क्षेत्रको सुरक्षा प्रवन्ध कडा बनाउन निर्देशन दिएका थिए । सोमबार मात्रै उनले नेपाल वायुसेवाका कर्मचारीहरुलाई कडा निर्देशन दिएका छन् ।

भर्खरको समाचार

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

सम्बन्धित समाचार

Scroll to Top