काठ तस्कर गर्ने सशस्त्र प्रहरी नायब उपरीक्षक बर्खास्त

१३ भदौ २०७५, बुधबार
Share this
735shares

काठ तस्कर गर्दै गरेको अवस्थामा पक्राउ परेका सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षक रामप्रसाद भण्डारी बर्खास्त भएका छन् । आजको नयाँ पत्रिकामा यो खबर छ ।

Advertisement

पदीय जिम्मेवारीका दुरुपयोग गरी प्रहरी संगठनको छविमा आँच पुर्याउने काम गरेको भन्दै गृह मन्त्रालयले सोमबार सशस्त्र प्रहरी नियमावलीको नियम ११५ को उपनियम १ अनुसार उनलाई सेवाबाट बर्खास्त गरेको हो ।

भण्डारी गत २१ जेठमा १८४ थान सालको काठ तस्करी गरेर लैजाँदै गरेको अवस्थामा धनकुटाको साँघुरीगढी गाउँपालिकास्थित मुलघाटाबाट पक्राउ परेका थिए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top