प्रचण्ड निस्किना साथ इलामका युवाले  संसदअघि शरीरमा पेट्रोल खन्याए

९ माघ ७९, मंगलबार

१० माघ,काठमाण्डौ ।

Advertisement

संघीय संसद भवन नयाँबानेश्वर अगाडि मंगलबार दिउँसो एक व्यक्तिले आफैंलाई आगो लगाएर आत्महत्याको प्रयास गरेका छन् । बानेश्वरबाट तीनकुने मार्गमा मुख्य सडककै बीचमा इलाम पञ्चकन्या ६ का प्रेमप्रसाद आचार्यले पेट्रोल खन्याएर आफैंलाई आगो लगाएका हुन् ।

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संसद भवनबाट बाहिर निस्के लगत्तै आत्मदाह गरेका हुन् । शरीरमा ज्वलनशील पदार्थ हालेर आत्मदाह प्रयास गर्दा आचार्य गम्भीर घाइते भएका छन्। महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेशराज मैनालीले उनलाई घटनास्थलबाट तत्कालै अस्पताल लगिएको बताएका छन्।

Advertisement

उनलाई प्रहरीले घटनास्थलबाट उठाएर तत्कालै कीर्तिपुस्थित बर्न अस्पताल पु¥याइसकेको छ । ३६ वर्षीय आचार्यले आत्मदाह प्रयास गर्नुको कारण भने खुलिसकेको छैन।  प्रहरीले घटनाको सन्दर्भमा थप अनुसन्धान जारी रहेको जनाएको छ

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top