केबुल व्यवसायीको निसानामा युट्युब/फेसबुकका प्रशारण

९ माघ ७९, मंगलबार

१० माघ, काठमाण्डौ ।
केबुल टेलिभिजन व्यवसायीहरुले नेपाल विद्युत प्राधिकरणसँग भइरहेको पोल भाडा सम्बन्धी समस्या तत्काल समाधान गर्न माग गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्रीको ध्यानाकर्षण गराएको छ । मंगलवार केबुल टेलिभिजन व्यवसायीहरुले आफ्ना विभिन्न समस्याहरुको समाधान तत्काल गर्नुपर्ने भन्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माको ध्यानाकर्षण गराएका हुन् ।

केबुल टेलिभिजन व्यवसायीहरुसँगको भेटपछि बोल्दै सञ्चारमन्त्री शर्माले अन्तर मन्त्रालयलाई समन्वय गर्ने संरचना नहुँदा यी समस्याहरु बढ्दै गइरहेको बताइन । उनले आफू मन्त्रालयमा नयाँ भएको यसको बारेमा पूर्ण जानकारी लिएर मात्रै काम अघि बढाउने बताएकी छिन् ।

त्यस्तै नेपाल केबल टेलिभिजन व्यवसायी महासंघका अध्यक्ष ध्रुव शर्माले मन्त्रालयबाट एन्ड्रोइड सेटअप बक्स ल्याउन दिएर सबै चिजहरु आईपीटिभीलाई फ्रिमा दिएर व्यापार नै धराशायी भएको बताएका छन् । उनले केबल व्यवसायीहरुले केबलको क्षेत्रमा दखिएका समस्याहरुको तत्काल समाधान र प्रशारणको क्षेत्रमा भइरहेका गैरकानूनी प्रशारणहरु तत्काल बन्द गरी÷गराइ नेपाल राज्यले अति आवश्यकीय सेवाको रुपमा अंगीकार गरेको केबल टेलिभिजन सेवा नियमित रुपमा प्रवाह गर्ने वातावरण सिर्जना गर्न आग्रह गरेका छन् ।

उनले हाल पोल भाडाको विषयलाई लिएर देशका विभिन्न स्थानहरुमा केबल व्यवसायीको केबलको तार काट्ने, केबल उपकरण जफत गर्ने, विद्युत आपूर्ति बन्द गर्ने जस्ता नेपाल विद्युत प्राधिकरणबाट भइरहेको गैरकानूनी कार्य तत्काल रोक लगाउन पनि माग गरेका छन् ।

व्यवसायीहरुले राष्ट्रिय प्रशारण ऐन, २०४९, राष्ट्रिय प्रशारण नियमावली, २०५२, विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ तथा विज्ञापन (नियमन गर्ने) नियमावली, २०७७ विपरित इन्टरनेट र आईपीटिभीको नाममा ओटिटी÷मोबाइल÷एप÷युट्युब÷फेसबुकमार्फत गैरकानूनी रुपमा प्रशारण भइरहेका कार्यक्रम तत्काल बन्द गराउनुपर्ने, इन्टरनेट सर्भिस प्रोभाइडर (आइएसपी) ले इन्टरनेटको नाममा आइपीटिभी सेवा निःशुल्क गरी बण्डिङ प्याकेज बनाएर इन्टरनेट सेवा बिक्री वितरण गर्ने कार्यमा तत्काल रोक लगाउनुपर्ने, आईपीटिभी प्रदायकहरुले डाउनलिंकिङ अनुमति प्राप्त लाइनर कन्टेन तथा स्वदेशी इजाजत पत्र प्राप्त च्यानलहरु मात्र प्रशारण गर्न पाउने कानूनको कडाईका साथ पालना गराउनुपर्ने, निःशुल्क आईपीटिभीको नाममा वर्षौंदेखि राष्ट्रिय प्रशारण ऐन, २०४९ विपरित गैरकानूनी रोकमा टेलिभिजन कार्यक्रम प्रशारण गरिरहेका इन्टरनेट सर्भिस प्रोभाइडर (आईएसपी) मार्फत गरिएको प्रशारण तत्काल बन्द गराइ त्यस्ता आईएसपीहरुसँग हालसम्मको प्रशारण तथा वितरण शुल्क र जरिबाना असुल गर्नुपर्ने अन्यथा केवल व्यवसायीहरुले हालसम्म बुझाइसकेको प्रशारण तथा वितरण शुल्कसमेत फिर्ता गर्न माग गरेको छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top