एकीकरण भइनसक्दै नेकपामा आन्तरिक द्वन्द्व

एकीकरण भइनसक्दै नेकपामा आन्तरिक द्वन्द्व

काठमाडौं ः नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा विवाद चुलिएको छ । जेठ ३ गते तत्कालिन नेकपा एमाले र माओपादी केन्द्रबीच एकीकरण भइ बनेको नेकपामा तीन महिनाकै आन्तरिक कलह चुलिएको छ ।

केन्द्रमा सिफारिस गरिएका जिल्ला र अन्य कमिटीकोे नामावली प्रति नेता माधव कुमार नेपाल पक्षले असन्तुष्टि जनाउँदै आएको छ ।खासगरी पाँच नम्बर प्रदेशमा आफ्नो समूहलाई पाखा लगाउन खोजेको भन्दै नेपाल समूहले समानान्चर कमिटी गठन गर्न सक्ने चेतावनी दिएको छ ।

अध्यक्ष केपी शर्मा ओली पक्षले जिल्ला र अन्य कमिटीमा एकलौटी नाम सिफारिस गरेर आफ्नो पक्षलाई पाखा लगाउन खोजेको नेपाल समूहको बुझाइ छ ।यो समाचार आजको कारोबारमा छापिएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.