×

NEPAL TIMES UPDATES

Playing
रवि र बालेनले सुधनलाई के गर्लान् ? || Nepal Times
Apr 21, 2026
Playing
‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम|| Nepal Times
Apr 21, 2026
Playing
एक लाख मानिसले नदेखेको नेपालीको श*व सिड्नीको सुरुङमा|| Nepal Times
Apr 21, 2026
Playing
अब नक्कली लाइसेन्स बनाउन असम्भव, अफलाइनमै जाँच गर्न सकिन|| Nepal Times
Apr 21, 2026
Playing
Top 15 Afternoon News || April-21-2026 || Nepal Times
Apr 21, 2026
Playing
अब हुने भयो इस्लामावाद वार्ता, को पछि हट्यो ? || Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्रीलाई नै प क्रा उ गर्न माग गर्दै प्रहरीमा निवेदन || Nepal Times
Apr 21, 2026
Playing
गिरीबन्धु टि–स्टेट प्रकरणमा तानिन् सक्छन् ओली ?|| Nepal Times
Apr 21, 2026
Playing
यु द्धविराम अन्त्य हुँदै, Iran धम्कीसँग कहिल्यै नझुक्ने || Nepal Times
Apr 21, 2026
Playing
नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर|| Nepal Times
Apr 21, 2026

चिनियाँ जासुसी बेलुन अमेरिकाले समुद्रमा खसाल्यो

२२ माघ २०७९

२२ माघ, एजेन्सी ।
अमेरिकाले आफ्नो समुन्द्री क्षेत्र (एट्लान्टिक सागर) मा घुमिरहेको चीनको जासुसी बेलुनलाई खसालेको छ । जासुसी बेलुन यसै साताको सुरूमा मोन्टानाको आकाशमा पहिलो पटक देखिएको थियो भने शनिबार मौसमको ढाँचा पछ्याउँदै अमेरिकाको मध्य भागमा यात्रा गरेको थियो ।

उक्त जासुस बेलुन शनिबार क्यारोलिना तटमा उत्तरी अमेरिकाको संवेदनशील सैन्य साइटहरू पार गरेपछि खसालिएको एपीले जनाएको छ । अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनका अनुसार राष्ट्रपति जो बाइडेनको निर्देशन पछि लडाकु विमानहरूले दक्षिण क्यारोलिनाको तटको एट्लान्टिक सागरमा बेलुनलाई खसालेको हो ।

Advertisement
Advertisement

अमेरिकी रक्षा मन्त्रालयले बुधबार नै मोन्टानामा गोली हानेर बेलुन खसाल्ने विचार गरेपनि त्यसबाट जमिनमा रहेका व्यक्तिलाई क्षति हुनसक्ने भएकाले खसाल्ने निर्णय गरेको थिएन । अमेरिकी टेलिभिजनहरुमा देखाइएका भिडिओमा उक्त बलुन सानो विस्फोटनपछि समुद्रमा खसिरहेको देखिन्छ ।

एउटा क्षेप्यास्त्रको सहाराले आकाशमा रहेको उक्त बलुन विरुद्ध F-22 लडाकु जेटले कारबाही अघि बढाएको थियो । रक्षा अधिकारीहरूले अमेरिकी सञ्चारमाध्यमलाई त्यसको भग्नावशेष मटल बीच, साउथ क्यारोलाइना नजिकै ४७ फिट गहिरो पानीमा खसेको जनाएका छन् ।

निशाना लगाइए लगत्तै त्यो सिधै समुद्रमा खसेको थियो र अमेरिकी अधिकारीहरूले झन्डै ११ किलोमिटरको क्षेत्रफलमा फैलिएको त्यसको भग्नावशेष खोज्ने प्रयास गरिरहेको जनाइएको छ । भग्नावशेष सङ्कलनका लागि दुई वटा नौसैनिक पानी जहाज र एउटा क्रेन परिचालन गरिएको छ ।

साउथ क्यारोलाइनाका अधिकारीहरूले यसअघि मानिसहरूलाई आफ्नै राइफल प्रयोग गरी उक्त बलुनलाई खसाल्ने प्रयास नगर्न अनुरोध गरेका थिए । अमेरिकी राष्ट्रपति जो बाइडेनले जासुसी बेलुनलाई गोली हान्न स्वीकृति दिएपछि सैन्य अधिकारीले यसलाई समर्थन गरेका थिए ।

बेलुन खसाल्नु अघि संघीय उड्डयन प्रशासनले नर्थ क्यारोलिनाको विल्मिंगटन र साउथ क्यारोलिनाको चार्ल्सटन र मर्टलबीच एयरपोर्टहरूको लागि ग्राउन्ड स्टप जारी गरेको थियो। संघीय उड्डयन प्रशासनले मार्टल बीच नजिकैको हवाई क्षेत्रलाई पनि प्रतिबन्धित गरेको थियो । यो बेलुनको साइज तीन वटा बस बराबर रहेको एपीले जनाएको छ ।

यता अमेरिकी आकाशमा देखिएको बेलुन आफ्नो भएको स्वीकार गर्दै चीनले मौसम अनुसन्धानका लागि प्रयोग गरिएको दावी गरेको थियो । शुक्रबार एक विज्ञप्ति जारी गर्दै चिनियाँ विदेश मन्त्रालयले बेलुन मुख्यतया मौसम अनुसन्धानको लागि प्रयोग गरिएको बताएको थियो । मन्त्रालयले बेलुनको सीमित स्टेयरिङ क्षमताहरू भएको र हावाको कारणले आफ्नो योजनाबद्ध मार्गबाट टाढा गएको बताएको थियो ।

अमेरिकी वायु क्षेत्रमा बेलुनको अनपेक्षित प्रवेशप्रति चीनले दुःख प्रकट गरेको थियो । तर अमेरिकाले बेलुन खसालेपछि चीनले ‘अन्तर्राष्ट्रिय अभ्यासको गम्भीर उल्लंघन’ भएको बताएको छ । अमेरिकामा संदिग्ध चिनियाँ जासूस बेलुन देखिएपछि अमेरिकाले आफ्ना विदेशमन्त्री एन्टोनी ब्लिन्केनको बेइजिङ यात्रा स्थगित गरेको छ । यसले वाशिंगटन र बेइजिङ बीचको तनाव बढाउने काम गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

Advertisement

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top