Nepal Times
Nepal Times
3
Shares

टर्कीको २५ सय वर्ष पुरानो लोभलाग्दो भूमिगत सहर

टर्कीको २५ सय वर्ष पुरानो लोभलाग्दो भूमिगत सहर

२१ माघ, एजेन्सी ।
टर्कीको नेवेशीर प्रान्तमा एउटा शहर छ, डेरिन्कुयो नामको । यो सहरको केही हिस्सा जमिनभन्दा माथि र केही तल छ । जसलाई डेरिन्कुयो भूमिगत सहर भनिन्छ । यो लगभग २५ सय वर्ष पुरानो हो । भूमिगत सहरको गहिराइ कतिपय ठाउँमा ८५ फिट र कतिपय ठाउँमा २८० फिट रहेको छ ।

यस भूमिगत सहरभित्र यसौं सिंढीहरू, गुफाहरू र ठुल्ठूला हलहरू छन् । यो टर्कीमा फेला परेको सबैभन्दा ठूलो भूमिगत सहर हो । यो सहरमा २० हजार बढि मानिस अटाउन सक्छन् । यस भूमिगत सहरको सबैभन्दा विशेष कुरा यो हो कि एक तहबाट अर्को तहमा जाँदा बन्द गर्न सकिन्छ ।

 

त्यहाँ ताल्चा लगाउन ढोका छैन । गोलाकार ढुंगा अड्याएर तह बन्द गर्न सकिन्छ । यो सहरभित्र जटिल खालका संरचनाहरू छन् । भित्र मदिरा वा तेल राख्ने ठाउँ, भण्डारण, अस्तबल र पूजा गृह आदि छन् । यस सहरको दोस्रो तल्लामा ठूल्ठूला हलहरू छन्। कतिपयलाई पुनरनिर्माण गरिएको छ भने कतिपय पुरानै अवस्थामा राखिएका छन्।

 

सहरको तेस्रो र चौथो तहमा धेरै सिंढीहरू छन् । जसले पहिलो र दोस्रो तहलाई पाँचौं तहमा जोड्न मद्त गरेका छन् । यहाँ एक १८० फिट गहिरो खाडल छ । जो कुवाजस्तो देखिन्छ । यही खाडलमा पानी संकलन गरिन्छ । भूमिगत सहर र माथिको सहरका लागि यहाँ पानी संकलन गरिन्छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.