साफ यू २० महिला च्याम्पियनसिपमा नेपालको पहिलो जित

Share this
740shares

२२ माघ, काठमाडौं ।

Advertisement

महिला साफ यू २० च्याम्पियनसिपमा नेपालले भुटानलाई ४–० ले पराजित गर्दै च्याम्पियनसिपमा पहिलो जित हात पारेको छ ।अमिशा कार्कीको ह्याट्रिकमा नेपालले प्रतियोगितामा पहिलो जित दर्ता गरेको हो । खेलको १९ औं मिनेटमा कार्कीले पहिलो गोल गर्दैै नेपाललाई अग्रता दिलाएकी हुन् ।

पहिलो हाफको थप गरिएको दोस्रो मिनेटमा कार्कीले दोस्रो गोल गर्दै नेपाललाई पहिलो हाफमा २–० को अग्रता दिलाइन् ।खेलको ६० औं मिनेटमा दिपा शाहीले नेपालका लागि गोल गर्ने एक सुनौलो अवसर गुमाइन् । मनमाया दमाईको बायाँतर्फबाट आएको क्रस खुट्टामा लागेर पोष्ट माथि हुँदै बाहिरिएको हो ।

Advertisement

त्यसको १ मिनेटपछि नै खेलको ६१ औं मिनेटमा दिपा शाहीको सट भुटानकी गोलरक्षक सोनम पेल्डेनले सेभ गरेको बल रिवाउन्ड हुँदा कप्तान प्रीति राईले बलको सदुपयोग सुट गर्दै नेपालको लागि तेस्रो गोल गरिन् ।तेस्रो गोलको एक मिनेटपश्चात नेपाली फरवार्ड अमिशा कार्कीले ह्याट्रिक गर्दै नेपालको लागि चौथो गोल गरिन् ।

यसअघि शनिबार भएको पहिलो खेलमा नेपालले घरेलु मैदान बंगालादेशसँग ३–१ को हार बेहोरेको थियो ।आजको दोस्रो खेल घरेलु टिम बंगलादेश र भारतबीच बेलुकी पौने ७ बजे हुनेछ । नेपालले आजको खेलमा ४–० को फराकिलो जितेसँगै शीर्ष दुईमा रहेर फाइनल पुग्ने सम्भावना कायम राखेको छ ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top