सरकार र चाइना थ्री गर्जेजबीच वार्ता विफल, ७५० मेगावाटको पश्चिमसेती नबनाउने निश्चित

१४ भदौ ७५, बिहीबार
Share this
734shares

काठमाडौं,भदौ १४
चाइना थ्री गर्जेज इन्टरनेशनल कर्पोरेशनले ७५० मेगावाटको पश्चिमसेती आयोजना नबनाउने निश्चित भएको छ । लगानी बोर्ड र अर्थ तथा ऊर्जामन्त्रीसंगको वार्तामा उसले थप शर्त अघि सारेपछि सरकार थ्री गर्जेजले आयोजना नबनाउने निष्कर्षमा पुगेको हो ।

Advertisement

बोर्ड र थ्री गर्जेजबीचको वार्ता असफल भएको छ । बोर्डसंग वार्ता सफल नभएपछि थ्री गर्जेजका अध्यक्ष जाओ जियाङक्वाङसंग बोर्डका उपाध्यक्ष समेत रहेका अर्थमन्त्री डा. युवराज खतिवडा र सदस्य जलस्रोत, ऊर्जा तथा सिंचाइमन्त्री वर्षमान पुनसंग पनि मन्त्रालयमा थप छलफल भएको थियो । त्यहाँ पनि सहमतिमा नपुगेपछि वार्ता विफल भएको हो ।

लगानी बोर्डले प्रधानमन्त्रीको अध्यक्षतामा बस्ने बोर्ड बैठकमा थ्री गर्जेजले राखेका प्रस्तावलाई लैजाने र त्यसपछि आवश्यक निर्णय गर्ने प्रमुख कार्यकारी अधिकृत (सीईओ )महाप्रसाद अधिकारीले बताए । थ्री गर्जेजले आयोजनाको क्षमता घटाउन, अमेरिकी डलरमा बिजुली खरिदविक्रि सम्झौता (पीपीए), प्राविधिक, पुनर्वास तथा पुर्नस्थापना र पश्चिमसेती अझै वित्तीय रुपमा संभावना नरहेको जानकारी गराउदै थप शर्त थपेको उनले जानकारी दिए ।

Advertisement

यता बोर्डले डलर पीपीएको अवधि १० वर्षबाट बढाएर १२ वर्ष बनाउने, आयोजनाको क्षमता ६०० मेगावाट भन्दा कम गर्न सहमति जनाएको थियो । थ्री गर्जेजले उत्पादन हुने बिजुली प्रसारणका लागि प्रसारणलाइनको निर्माणलगायत विभिन्न मुद्धा उठाएर आयोजनाबाट बाहिरिन खोजेको देखिएको छ ।

पत्रकार सम्मेलनको आयोजना गरी थ्री गर्जेजले आयोजनाको प्रतिफल १७ प्रतिशत मागेको र १२.५ प्रतिशत मात्र हुने देखिएको उनले जानकारी दिए । उनीहरुको मागलाई सम्बोधन गर्दा पनि अझै पनि आयोजना संभाव्य नदेखिएको थ्री गर्जेजको भनाई आएको उनले सुनाए ।

Advertisement

थ्री गर्जेजले राखेका प्रस्ताव आउदो बोर्ड बैठकमा राखेर निर्णय गराउने अधिकारीले बताए । “उसका माग समेटेर बोर्डमा प्रस्ताव लैजाने छौ, बोर्डले जे निर्णय गर्छ त्यही कार्यन्वयन हुने छ” उनले भने । सुदुरपश्चिममा रहेको पश्चिम सेती आयोजना २५ वर्षदेखि अघि बढ्न सकेको छैन् ।

अष्ट्रेलियाको स्नोइ माउन्टेन कर्पोरेशन (स्मेक) ले गरेको संभाव्यता अध्ययनअनुसार आयोजना बनाउन १ खर्ब ६० अर्ब रुपैयाँ लाग्ने देखाएको थियो । थ्री गर्जेजले पनि ६ वर्षभन्दा बढी समय आयोजना होल्ड गरेको छ ।(विकास न्युजबाट)

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top